काठमाडौंमा फेरि देखियो बर्डफ्लु

विदुर खबर २०७७ माघ ३० गते ९:२७

नुवाकोट । काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्ड फ्लु देखिएको छ । तारकेश्वर नगरपालिकाको वडा नं. ७ साङ्लेखोला फुटुङमा बर्ड फ्लु रोग देखा परी नियन्त्रण भएपछि वडा नं. १ का कृषकले पालेका हाँसमा बर्ड फ्लु प्रमाणित भएको हो ।

Advertisement

पशु सेवा विभागका अनुसार बर्ड फ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र नदिन र तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरिएको छ । रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिसकिएको विभागले बताएको छ ।

यस क्रममा १४२१ हाँस, ४२ स्थानीय कुखुरा, २६ अण्डा र ८०० केजी दाना नष्ट गरिएको छ । रोग देखा परेको क्षेत्रलाई पूर्ण निःसंक्रमण समेत गरिसकिएको विभागले जानकारी दिएको छ ।

Advertisement

प्रतिक्रिया