आजबाट महिला लघुवित्तको आइपीओ विक्री खुला

विदुर खबर २०७७ माघ ३० गते ८:१३

नुवाकोट । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ आजबाट विक्री खुला हुँदैछ ।

Advertisement

संस्थाले माघ २८ गते बुधबारबाट साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भनेकोमा उक्त मिति परिवर्तन भई आज माघ ३० गते, शुक्रबारबाट निष्काशन तथा बिक्री खुला गर्ने हुँदैछ ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

Advertisement

आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड रहेको छ । उक्त आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सकिनेछ । उक्तआइपीओमा छिटोमा फागुन ४ गतेदेखि ढीलोमा फगुन १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।

Advertisement

प्रतिक्रिया