चुनावको तयारीमा लाग्न कार्यकर्तालाई कांग्रेस सभापति देउवाको निर्देशन
नुवाकोट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा अदालतमा विचाराधिन रहेकाले यसबारे कांग्रेसले बोल्न नमिल्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस आदिवासी जनजाति केन्द्रीय विभाग, नेपाल आदिवासी जनजाति संघले बिहीबार सानेपामा गरेको कार्यक्रमा उहाँले चुनावबाट सरकार बनाउने राजनीतिक व्यवस्थामा पार्टीले सधैँ चुनावको तयारी गरिरहनुपर्ने बताउनुभएको हो ।
कांग्रेस सभापति देउवाले संसद पुनस्थापना अथवा चुनाव दुवैको तयारीमा रहन कार्यकर्तालाई निर्देशन दिनुभयो ।कांग्रेस सभापति देउवाले कांग्रेस मात्रै समावेशी पार्टी भएपनि उल्टो प्रचार भएको बताउनुभयो ।कांग्रेसका कांग्रेस उपसभापति बिमलेन्द्र निधिले प्रतिनिधि सभा विघटन असंवैधानिक भएपनि निर्वाचनलाई असंवैधानिक भन्न नमिल्ने बताउनुभयो ।
प्रधानमन्त्रीको असंवैधानिक कदमको उपचार प्रतिनिधि सभाको पुर्नप्राप्ति नै भएको भन्दै उहांले चुनाव वा पुर्नस्थापनाबाट नै संविधानलाई लिकमा ल्याउन सकिने धारणा राख्नुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
खड्काद्धारा बोलुङका स्थानियहरुलाई सहयोग
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै
तारकेश्वरको सिरानटोल र गोस्र्याङमा एक घर एक धारा निर्माण
स्वास्थ्य बिमा संकटमा: सेवा कटौती





प्रतिक्रिया