चिलिमेको खुद नाफा ३९ करोड २४ लाख
विदुर खबर
२०७७ माघ २८ गते १६:०२
नुवाकोट । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा चिलिमे हाइड्रो Chilime Hydropower Company को खुद नाफा १.०६ प्रतिशतले घटेको छ ।
अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३९ करोड ६६ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको नाफा घटेर ३९ करोड २४ लाख कायम भएको हो । यस अवधिमा कम्पनीले ६३ करोड ९९ लाख बराबर विद्युत बिक्रि गरेको छ । कम्पनीको अन्य स्रोतबाट भएको आम्दानी ५ करोड २३ लाख रहेको छ ।
६ अर्ब २८ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा ३ अर्ब ५५ करोड रहेको छ । कम्पनीको प्रति शेयर आम्दानी १२ रुपैयाँ ५० पैसा, प्रति शेयर नेटवर्थ १५६.५३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४७.६९ गुणा रहेको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया