आर्थिक ऐन सबै जनप्रतिनिधिहरुले मिलेर बनाएको भन्दै कसैको विरोध र दबाबमा फिर्ता नलिने उपमेयर गिता दाहालको भनाई

विदुर खबर २०७५ साउन ९ गते १३:४९

विदुर÷विदुर नगरपालिकाले गत असार १० गते बसेको नगरपरिषदबाट बढाएको भनिएको एकिकृत सम्पति करको नगरपालिकाका मेयर संञ्जु पण्डित र उपमेयर गिता दाहाल अर्यालले बचाउ गरेका छन ।

Advertisement

विदुरनगर कार्यपालिकाको कार्यलय विदुरमा बुधबार पत्रकार सम्मेलनको आयोजना गदै मेयर पण्डित र उपमेयर दाहालले नगरपरिषदले कुनै कर नढाएको भन्दै एकिकृत सम्पति करको बचाउ गरेका हुन । मेयर पण्डितले नगरपालिकाको २०७१ साल पौष ३० गते बसेको नगरपरिषदले पास गरेको करलाई मात्र अहिले आफुहरुले कार्यान्यनको चरणमा ल्याएको बताएका हुन । मेयर पण्डितले नगरसभा हुनुभन्दा सबे वडाका वडाध्यक्षसँगको सहकार्यमा सो निर्णय लागु गरेको भन्दै अहिले आएर विरोध गर्नु उचित नभएको बताए । फरक प्रसंगमा मेयर पण्डितले नागरिकलाई कर तिर्न ज्ञान नभएकोले एकिकृत सम्पति करको विरोध भउको बताए ।

Advertisement

पत्रकार सम्मेलनमा विदुरपालिका वडा नं ८ का वडाअध्यक्ष फैसिंह तामाङले नगरपालिकाले सम्पतिको मुल्याङकन बढाउने विषयमा छलफल भएको तर एकिकृत सम्पति कर बढाउने विषयमा मेयर उपमेयरले कुनैपनि छलफल नगरेको भन्दै आपत्ति जनाएक थिए । त्यस्तै वडा नं १० का वडाध्यक्ष गणेश नेपालले विदुर नगरपालिकाले बढाएको एकिकृत सम्पति कर जनताले धान्न नसक्ने भन्दै आपत्ति जनाएका थिए । नेपालले नगरपालिकाले नक्सा पास तथा निर्माण अनुमति दरखास्त फारमको शुल्क ५ सय रुपैयाँबाट एकहजार बनाएकोमा असहमति व्यत्त गरेका छन ।

पत्रकार सम्मेलनमा विदुर नगरपालिकाकी उपमेयर गिता दहालले आर्थिक ऐन सबै जनप्रतिनिधिहरुले मिलेर बनाएको भन्दै कसैको विरोध र दबाबमा फिर्ता नलनिे बताइन । दाहालले कसैको डर र धम्कीको प्रयासमा नगरपरिषदले पास गरेको आर्थिक विधेयक कुनैपनि हालतमा फिर्ता नहुने बताइन । यसअघि गत आइतबार नेपाली कांग्रेस नुवाकोटले स्थानिय तहले जथाभावि कर वृद्धि गरेको भन्दै एकहप्ताभित्र फिर्ता लिन सबै स्थानिय तहलाई आग्रह गरेको थियो ।

Advertisement

प्रतिक्रिया