प्रचण्ड–माधव समूहले भालि काठमाडौं बृहत जनप्रदर्शन गर्ने

विदुर खबर २०७७ माघ २७ गते ११:५५

नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्प कमल दाहाल –माधव नेपाल समूहले भोलि राजधानीमा जनप्रदर्शन गर्ने भएको छ ।

Advertisement

बुधबार दाहाल नेपाल समुहले पाँच ठाउँबाट जुलुस निकाल्ने भएको छ । संघर्ष समितिले पुल्चोक, माइतीघरमण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निकाल्ने रुट तय गरेको छ । पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, प्रमेश हमाल लगायत नेतृत्व गर्ने भएका छन् । पुल्चोकबाट निस्किएको जुलुस कुपण्डोल, थापाथली, त्रिपुरेश्वर हुँदै सुन्धरा पुगेर मुल जुलुसमा मिसिनेछ । त्रिपुरेश्वरबाट निस्कने जुलुको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकुन्द न्यौपानेले नेतृत्व गर्नेछन् भने यो जुसल सुन्धरा पुगेर मुल जुलसमा मिसिने छ । माइतीघर मण्डलाबाट निस्कने जुलुसको नेतृत्व अमृतकुमार बोहोरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मात्रिका यादव, हरिबोल गजुरेलले नेतृत्व गर्नेछन् ।

यो जुलुस थापाथली, त्रिपुरेश्वर हुँदै सुन्धरा पुग्नेछ ।केशरमहलबाट निस्कने जुलुसको नेतृत्व देव गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्ति बस्नेतले नेतृत्व गर्नेछन् । यो जुलुस दरबारमार्ग, तीनधारा पाठशाला, जमल, कमलाक्षी, असन, इन्द्र चोक हुँदै न्युरोड पुग्नेछ ।जमलबाट निस्कने जुलुसको नेतृत्व भने लिलामणि पोखरेल लगायतले गर्नेछन् । यो जुलुस कमलादी, असन, इन्द्रचोक, जुद्धशालीक, न्युरोड हुँदै सुन्धारा पुग्नेछ ।

Advertisement

यसपछि सुन्धाराबाट निस्कने मूल जुलुसले सुन्धरा, बीर अस्पताल, जमल, घण्टाघर, बागबजार, पुतलीसडक पद्योदय मोड हुँदै प्रदर्शनमार्गमा सभा हुने भएको छ । यो समूहले माघ २८ मा हुने जनप्रदर्शनलाई निर्णायक हुने दाबी गरेको छ ।

प्रतिक्रिया