नेपाल रेडक्रम सोसाइटी नुवाकोटको ३२ औं जिल्लासभा सम्पन्न
नुवाकोट । नेपाल रेडक्रम सोसाइटी नुवाकोटको ३२ औं जिल्ला सभा सम्पन्न भएको छ ।
शुक्रवार विदुरमा एक कार्यक्रमको आयोजना गरि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको ३२ औं जिल्लासभा सम्पन्न भएको हो । साधारणसभालाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बिपतको समयमा रेडक्रसले देखाएको तत्परता र सहयोग आगामी दिनमा पनि अझै प्रभावकारी रूपमा लाग्न्पर्ने बताए । यस्तै कार्यक्रममा बोल्दै नेपाल रेडक्रम सोसाइटीका केन्द्रिय सदस्य विष्णु नेपालले काठमाण्डौ उपत्यकामा रगतको चरम अभाव रहेको भन्दै गाउँगाउँमा पुगेर रत्तदान कार्यक्रमा आयोजना गर्न नेपाल रेडक्रम सोसाइटी नुवाकोटलाई आग्रह गरे ।
कार्यक्रममा रक्त सञ्चार भवन निर्माणको लागि सहयोग गर्ने त्रिशुली अस्पतालका डाक्टर मधुकर दाहाल र जिल्ला लगायत राजधानीमा समेत रगतको अभाव हुन नदिन सहजिकरण गर्ने मछिन्द्र नरसिंह प्याकुरेल, यस्तै रक्तसंचार केन्द्रलाई रगत अभावको समयमा रक्तदान गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा पञ्चकन्या रेडक्रस उपशाखाले गरेको कामको आधारमा उत्कृट घोषण गरिएको छ । यस्तै उत्कृष्ट जुनियर रेडक्रस सर्कलमा पृथ्वी माध्यमिक विद्यालय र उत्कृष्ट स्वयम्सेवकमा भेषबहादुर पाण्डेलाई क्रमशः ५ हजार, ४ हजार र ३ हजार नगद सहित सम्मान गरिएको मन्त्री हरी श्रेष्ठले बताए ।
हाल नुवाकोटमा रेडक्रसका २२ वटा उपशाखा, विद्यालय स्तरमा गठन भएका ६५ जुनियर युवा रेडक्रस सर्कल र दुईवटा युवा रेडक्रस सर्कल सञ्चालनमा रहेका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













छैटौँ देउराली अर्चले कपकाे उपाधी न्यु भिजनले उचाल्यो
आजदेखि नेपाल संवत् ११४६ सुरु
रसुवागढी नाकाको पुल पुननिर्माण अन्तिम चरणमा
ककनीको जलकुनीमा आगलागी हुँदा दुई घर जलेर नष्ट
आज तिहारको तेस्रो दिन लक्ष्मीपूजा गरिँदै





प्रतिक्रिया