नुवाकोटको केउरेनीमा मोटरसाइकल दुर्घटना,एकको मृत्यु

विदुर खबर २०७७ माघ १६ गते २०:०२

नुवाकोट।  नुवाकोटको केउरीनीमा मोटरसाईकल दुर्घटना हुँदा एक युवाको ज्यान गएको छ ।

Advertisement

दुर्घटनामा ज्यान गुमाउनेमा रसुवाको नौकुण्ड गाउँपालिका वडा नम्बर ५ बडहरेका प्रज्वल न्यौपाने रहेका छन् । नुवाकोटको त्रिशुलीबाट काठमाडौं जाने क्रममा उनको दुर्घटनामा परि ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

बा ७५ प ७६११ नम्बरको मोटरसाइकलमा सवार न्यौपानेको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रकाश तामाङले जानकारी दिए ।

Advertisement

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया