भोलि ककनी गाउँपालिकामा ओलि समुह युवासंघको भेला हुँदै
विदुर खबर
२०७७ माघ १५ गते १३:५३

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहको युवा संघको भेला आयोजना गरिएको छ ।
ककनी गाउँपालिका कमिटिद्धारा आयोजित भेला भोलि (शुक्रवार) रानीपौवा बजारमा आयोजना गरिएको युवा संघ ककनी गाउँपालिकाका संयोजक विनोद लामाले जानकारी दिए । भेलाले गाउँपालिकामा नयाँ कार्यसमिति चयन गर्ने लामाले बताए । भेलामा नेकपा ओलि समुहका युवा नेता बद्री मैनाली प्रमुख अतिथिको रुपमा रहेको ककनी गाउँपालिका युवा संघका संयोजक लामाले जानकारी दिए ।
पछिल्लो समय नेकपा ओलि समुहले नुवाकोटमा संगठन विस्तारलाई तिव्रता दिएको छ । विहिबार मात्रै जिल्ला भेला गरिरहेको नेकपा ओली समुहले युवा संघमा आफु निकटका युवाहरुलाई नेतृत्व दिने तयारी गरेको छ ।
त्यस्तै भोलि नै नेकपा प्रचण्ड–माधव समुहका कार्यकर्ता समेत ओली समुहमा प्रवेश गर्ने तयारी रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया