सानिमा बैंकको नाफा १ अर्ब ६ करोड

विदुर खबर २०७७ माघ १४ गते ८:५३

नुवाकोट । चालु आर्थिक वर्ष ७७/७८ को दोस्रो त्रैमासमा सानिमा बैंक Sanima Bank Limited को खुद नाफा ७.३८  प्रतिशतले घटेको छ।

Advertisement

अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खुद नाफा १ अर्ब १४ करोड रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा खुद नाफा घटेर १ अर्ब ६ करोड  पुगेको हो ।बैंकको खुद ब्याज आम्दानी ७.९८  प्रतिशतले घटेर १ अर्ब ९९ करोड कायम भएको छ । यस अवधिमा  बैंकको वितरणयोग्य नाफा ८९ करोड २६ लाख रहेको छ ।

बैंकको निक्षेप २.७९ प्रतिशतले बढेर १ खर्ब १० अर्ब पुगेको छ भने कर्जा प्रवाह ११.८८ प्रतिशतले बढेर १ खर्ब १ अर्ब पुगेको छ ।  ९ अर्ब ६८ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ३ अर्ब ८९ करोड रहेको छ ।

Advertisement

त्यस्तै बैंकको खराब कर्जा ०.४१ प्रतिशतबाट बढेर ०.५८ प्रतिशत पुगेको छ । यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २१.९६ रुपैयाँ, प्रति शेयर नेटवर्थ १४०.२८ रुपैयाँ, मूल्य आम्दानी अनुपात १६.७६ प्रतिशत, बेस रेट ६.८३ प्रतिशत, स्प्रेड दर ४.२१ प्रतिशत, कोषको लागत ५.१६ प्रतिशत, सिसिडि ८१.६ र पुँजी पर्याप्तता अनुपात १५.०४ रहेको छ ।

प्रतिक्रिया