आजदेखि देशभर कोरोनाविरुद्ध खोप अभियान शुरु

विदुर खबर २०७७ माघ १४ गते ८:४५

नुवाकोट । कोरोनाभाइरस कोभिड—१९ विरुद्धको खोप अभियान बुधबार अर्थात आजबाट देशभर सुभारम्भ हुँदैछ ।

Advertisement

बिहान १० बजे  प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिशिल्ड खोपको महाअभियान भर्चुअल माध्यमबाट उद्घाटन गरेपछि देशभर एकैसाथ सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  देशभरका ६२ अस्पताल र १ सय २० वटा खोपकेन्द्रबाट खोप अभियान सुरु हुँदैछ । काठमाडौं उपत्यकामा कोरोनाविरुद्धको कोभिशिल्ड खोप १७ खोपकेन्द्रबाट दिइदैं छ । कोभिशिल्ड खोप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका औषधि उत्पादक कम्पनीले सयुक्त रुपमा भारतमा सेरम इस्सिच्युटमार्फत उत्पादन गरेको हो ।

Advertisement

भारत सरकारको अनुदान सहयोगमा  माघ ८ गते कोभिशिल्डको १० लाख खुराक (डोज) खोप नेपालले प्राप्त गरेको हो । सरकारले अनुुदान सहयोगमा आएको कोभिशिल्ड खोप पहिलो चरणमा ३ प्रतिशत फ्रन्लाइनरलाई दिने योजना बनाएको हो । पहिलो चरणमा फोहरमैला व्यवस्थापनमा खटिने व्यक्ति तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारमा संलग्न फ्रन्टलाइनर वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तरराष्ट्रिय प्रवेश सीमा नाकामा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपाल संक्रमण फैलिएको १ वर्षपछि कोरोनाविरुद्धको खोप अभियान सञ्चालन हुन आँटेको हो ।  चीनबाट स्वादेश आएका एक युवकमा संक्रमण गत वर्षको माघ १० गते पुष्टि भएसँगै पहिलो संक्रमितको उपचार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भएको थियो ।

Advertisement

महामरीको सुरुवाती चरणबाटै कोभिड अस्पतालको रुपमा परिचित टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारी र अग्रमोर्चामा खटिएका डा. अनुप बाँस्तोलाले कोभिशिल्ड खोप लगाएर सुभारम्भ गर्ने भएका छन् । बुधबार नै टेकु अस्पतालका अग्रमोर्चामा खटिएकाहरुले खोप लिने निर्देशक डा.राजभण्डारीले बताए ।

प्रतिक्रिया