बालुवाको ठेक्कामा अनियमितता भएको भन्दै उजुरी

विदुर खबर २०७७ माघ १४ गते ८:२५

नुवाकोट । काभ्रेको भुम्लु गाउपालिकाले बालुवाको ठेक्कामा अनियमितता गरेको आशंका गरिएको छ । गाउपालिका प्रमुख गुमानसिं ध्वज कुवरको आफनतलाई ठेक्का दिन अयोग्य फर्मलाई नै मान्यता दिएको भन्दै प्रतिस्पर्धि फर्मले आफ्नो दावेदारी सहित उजुरी दर्ता गराएको छ ।

Advertisement

बालुवा उत्पादनको लागि गाउपालिकाले गत मंसिरको अन्तिममा टेण्डर आव्हान गरेको थियो । नौ वटा बगरमा बालुवा उत्खन गर्न आव्हान गरिएको उक्त टेण्डरको दुईवटा बगरको टेण्डरमा विवाद आएको हो । टेण्डर नम्बर ४ को आपथलि वगर र टेण्डर नंम्बर ९ को डरुवा वगरको करिब बढाबढमा टेण्डर हात पार्नेले भ्याट बाहेक १ करोड ७६ लाखमा कवोल गरेको बताइएको छ ।

तर बोलपत्र आव्हान गर्दा शर्त नं १ मै आव २०७६÷७७ को करचुक्ता प्रमाणपत्र हुनुपर्ने उल्लेख भएपनि टेण्डर हातपार्ने कम्पनीको करचुक्ता प्रमाणपत्र नभएको भन्दै प्रतिस्पर्धि कम्पनी ईरो कन्ट्रक्सनले गाउपालिकामा आफ्नो दावी प्रस्तुत गरेको छ । माघ २ गते दर्ता गरि सोहि दिन खुलेको बोलपत्र कवोल रकममा यो कम्पनी दोस्रो नम्बरमा परेको थियो । यो कम्पनीका अध्यक्ष शेखर वैधका अनुसार गाउपालिकाले कर चुक्ता नभएको फर्मलाई टेण्डर दिन मिल्दैन ।

Advertisement

कर चुत्ता नभएको तथा म्याद थपको हकमा आएकर ऐन २०५८ बमोजिम पौष मसन्त पछि वैधता नरहने भएकोले सार्वजनीक खरिद ऐन २०६३ अन्तर्गत गाउपालिकाले प्रथम स्थानमा रहेको कम्पनी तथा फर्मलाई टेण्डर दिन मिल्दैन । यो टेण्डर आफुले पाउनु पर्ने दावी गर्दै कम्पनी ईरो कन्ट्रक्सनले गाउपालिकामा सोमबार उजुरु दर्ता गराएको छ । दर्ता नं ७८६ मा उजुरी दर्ता गरेसंगै बालुवा उत्खननको टेण्डरमा के भएको भन्ने बारे आम चासो बढेको छ ।

Advertisement

प्रतिक्रिया