प्रचण्ड-माधव गुट समातेपछि आफ्नै गाउँमा एक्लिए नारायणप्रसाद खतिवडा

नुवाकोट । विघटन भएको प्रतिनिधिसभाका सांसद नारायणप्रसाद खतिवडा आफ्नै गाउँमा एक्लिएका छन् ।
नेकपा पार्टी ओली र प्रचण्ड समुहमा विभाजित भएपछि गाउँका अािधकांश नेता तथा कार्यकर्ता ओलि समुहमा प्रवेश गरेपछि खतिवडा नेपाल समुहमा बस्दा खतिवडा एक्लिएका हुन् । लामो समय तत्कालिन एमालेमा रहेका उनी पहिलोपटक सांसद हुँदा समेत प्रधानमन्त्रिले संसद विघटन गरेपछि उनले आफ्नो कार्यकाल पुरा गर्न त पाएनन् प्रधानमन्त्रिले संसद विघटन गरेको विरोधमा खतिवडा अग्रमोर्चामा रहँदै प्रचण्ड नेपालमा समुहमा रहेर संसद विघटनको विरुद्धमा सडकमा उत्रिए ।
समकालिन राजनिति साथीहरु ओली समुहमा बसेपछिपछि उनी पुर्वमाओवादी समुहलाई साथ दिँदै अहिले गाउँमै एक्लो बनेका हुन् ।तत्कालीन एमाले बलियो गुट बनाएर अर्को समूह माथि अत्याचार गर्ने नेकपा सचिव नारायणप्रसाद खतिवडाको गाउँमा उनी एक्लिदै गएका छन । उनको आँगनबाटै बिद्रोह भैरहेको छ ।
अहिले तारकेश्वर गाउँपालिका प्रमुख एवं नेकपा नुवाकोटका जिल्ला कमिटी सदस्य रमेश वस्तीले गुटवादी र फुटवादी अभियानमा नलाग्ने निर्णय लिएका छन । उनले नेकपाको मुलधार अर्थात प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपामा रहने जनाएका छन ।वस्तीले त्यस्को सन्देश दिन प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालसँग नुवाकोटका अन्य युवा नेतासँगै रहेको तस्बीर सार्वजनिक गरेका छन । रिमालसँगको कुराकानी पछि वस्ती ओली नेतृत्वको मुलधारको नेकपामा क्रियाशिल हुने निस्कर्षमा पुगेको भेटमा सहभागी अर्का जिल्ला कमिटी सदस्यले जानकारी दिए ।
यसअघि नै प्रभावशाली युवा नेता वीरवल तामाङले पनि खतिवडा समूहको साथ छाडिसकेका छन । प्रभाव जमाउने युवाहरू प्राय सबै ओली नेतृत्वको नेकपामा देखिएका छन । तारकेश्वर गाउँपालिकाका प्रमुख वस्तीसँग सो पालिकामा पूर्व एमालेको ठूलै कार्यकर्ता पंक्ति रहेका छन । यसअघि अाफ्नै गाउँपालिकामा अगुवा कार्यकर्ता भेला राखेका वस्तीलाइ अन्तिम समयमा अपहरणको शैलीमा सूर्यगढी पुर्याइएको थियो । वस्तीलाइ गतलबाटोमा नजान नेकपा नुवाकोटका युवा नेताहरू गणेश श्रेष्ठ, नारायण घिमिरे, वीरबल तामाङ लगायतले अनुरोध गर्दै आएका थिए ।
प्रतिक्रिया