तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेश वस्ती ओली समुह प्रवेश

विदुर खबर २०७७ माघ १२ गते १५:४५

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेश वस्ती नेकपा ओली समुहमा प्रवेश गरेका छन् ।

Advertisement

यसअघि प्रचण्ड ओली समुहमा रहेका उनी आईतवार ओली समुहमा प्रवेश गरेका हुन् । सरकारले संसद विघटन गरेको भन्दै नुवाकोटमा आयोजना गरिएको विभिन्न विरोध कार्यक्रममा सहभागि भएका वस्ती ओलि समुहमा प्रवेश गरेका हुन् ।

तारकेश्वर गाउँपालिका अध्यक्ष वस्ती ओली समुह प्रवेश गरेसँर्गै जिल्लाका अन्य पालिकाका प्रमुख उपप्रमुख पनि ओली समुह प्रवेश गर्ने आशंका गरिएको छ । निर्वाचन आयोगको आईतवारको निर्णयसँगै ओली समुहमा प्रवेश गर्नेहरुको संख्या बढेको बाग्मति प्रदेशसभाका सदस्य तथा नेकपा ओलि समुहका नेता बद्री मैनालीले जानकारी दिए ।

Advertisement

नुवाकोटमा हालसम्म ओलि समुहमा देखिएका पालिका प्रमुखहरुमा बेलकोटगढी नगरपालिकाका मेयर राजेन्द्र रमण खनाल र रमेश वस्ती रहेका छन् । पछिल्लो समय ओली समुहको नेकपाले नुवाकोटमा कार्यकर्ताहरुसँग भेटघाट र अन्र्तक्रिया कार्यक्रलाई तिव्रता दिएको छ ।

प्रतिक्रिया