रसुवागढी नाकाबाट भित्रिने पर्यटक न्यून
रसुवा । २०२० मा नेपाल–चीनको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट न्यून पर्यटक भित्रिएका छन् ।
कोभिड–१९ का कारण नेपाल भित्रिने पर्यटकको संख्यामा कमी आएको हो । नाकाबाट प्रतिवर्ष १० देखि ३१ हजारसम्म पर्यटक आउने गरेकोमा सन् २०२० मा ५ सय ३२ पर्यटक नेपाल आएको अध्यागमन कार्यालय रसुवाले जनाएको छ । नाका सञ्चालन भएदेखिकै कम सङ्ख्या हो ।
पछिल्लो आठ महिनामा नाकाबाट पर्यटक नआएको समेत बताइएको छ । चीनको उहानमा कोरोना भाइरस देखिएपछि चिनियाँ पक्षले लकडाउन गरेको थियो । त्यसयता अहिलेसम्म नाकाबाट पर्यटक आउने तथा जाने क्रम नै ठप्प बनेको छ। अहिले नाकाबाट सीमित चिनियाँ सामग्री भित्रिने गरेको भए पनि मान्छेको आवत–जावत खुला गरिएको छैन ।
कार्यालयको तथ्याङ्कअनुसार नाकाबाट नेपाल भित्रिने तथा चीनतर्फ जाने पर्यटकको संख्या अहिलेसम्मकै न्यून छ । २०२० को जनवरी महिनामा ५ सय २६ र फेबु्रअरी महिनामा ५ जना नेपाल आएकोमा दुई जना पर्यटक चीनतर्फ गएका थिए । जनवरी महिनामा १ सय ८० र फेबु्रअरी महिनामा २२ जना पर्यटक चीनतर्फ गएका छन् । नेपाल घुम्न आउने धेरैजसो चिनियाँ पर्यटकले करिब ३० दिनको भिसा लिने गरेका छन् । अधिकांश चिनियाँ पर्यटकले ल्हासा गोन्जाउबाटै भिसा लगाएर आउने गरेका छन् । करिब १० प्रतिशत पर्यटकले मात्र रसुवागढी अध्यागमनबाट भिसा लिने गरेका छन् ।
रसुवागढी अध्यागमन कार्यालयले विश्वका १२ वटा देशलाई अनअराइभल भिसा उपलब्ध गराउँदै आएको छ। सरकारी र कूटनीतिक राहदानीबाहेक नाइजेरिया, घाना, जिम्बाबे, स्विजरल्यान्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकले विदेशस्थित नेपाली दूतावास वा कूटनीतिक नियोगबाटै अग्रिम भिसा लिई आउनुपर्नेछ ।
रसुवागढी नाकाबाट सन् २०१५ अप्रिलदेखि पर्यटक आउने क्रम शुरु भएको हो । रसुवागढी नाका हँुदै आएका पर्यटक सीधै काठमाडौं, पोखरा तथा लुम्बिनी जाने गरेका छन् । नाकाबाट आउने पर्यटकमध्ये करिब ६० देखि ७० प्रतिशत हिस्सा चिनियाँ पर्यटकले ओगटेको छ ।
चीन सार्क राष्ट्रका अफगानिस्तानबाहेक अन्य देश र १० वर्षमुनिका बालबालिकाले गे्रस भिसा पाउँछन् । यस कारण पनि चिनियाँ पर्यटक बढेका थिए । २०१६ मा चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि तेस्रो देशका पर्यटक आउन थालेको कार्यालयले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया