चिलिमेको नगद लाभांश बैंक खातामा
विदुर खबर
२०७७ माघ ४ गते ८:५०

नुवाकोट । चिलिमे जलविद्युत कम्पनी लिमिटेड (CHCL) ले १० प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ।
कम्पनीले गत पुस १२ गते सम्पन्न २४ औँ वार्षिक साधारण सभाले पारित गरेको बोनस तथा नगद लाभांशमा लाग्ने करसहित १० प्रतिशत नगद लाभांश शेयरधनीहरुको खातामा जम्मा गरेको हो। कम्पनीले हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका शेयरधनीहरुको खातामा सो लाभांश पुस १६ गतेदेखि नै जम्मा गर्न थालेको हो। सोपश्चात बैंक खाता अध्यावधिक गराएका शेयरधनीहरुको नगद लाभांश पनि बैंक खातामा नै जम्मा गरिने बैंकले बताएको छ।
त्यसैले, हालसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गराई बैंक खाता नम्बर सहितको विवरण अध्यावधिक गराई लाभांश प्राप्त गर्न अनुरोध गरेको छ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया