नुवाकोटमा ह्वातै चिसो बढ्यो, अधिकांश स्थानमा हुस्सु र कुहिरो

विदुर खबर २०७७ माघ ३ गते ११:०८

नुवाकोट । शनिबार देशभरको मौसम सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार न्यूनतम तापक्रम केही घटेको नुवाकोटमा बिहानैदेखि चिसो बढेको छ ।

Advertisement

नुवाकोटमा आज जाडो बढेको छ । बादलले आकाश ढाकेपछि नुवाकोटसहित आसपासका जिल्लाहरु धुम्म छ । दक्षिण पूर्वी अरब सागरमा बनेको न्युन चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्युन चापीय क्षेत्रको प्रभावले चिसो बढेको हो । यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

शनिवार दिउँसो प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहने छ भने प्रदेश २ , बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ र बाँकि प्रदेशमा सामान्यतया सफा रहने देखिन्छ। प्रदेश नं १ का एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ । राती प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै भूभागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

Advertisement

यस्तै प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का बर्षा र उक्त प्रदेशका उच्च हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

प्रतिक्रिया