नेपाली कांग्रेस नुवाकोटले आज १२ वटै स्थानिय तहमा विरोध प्रर्दशन गर्दे
नुवाकोट । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै छ । कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमा आज प्रदर्शन गर्न लागेको हो ।
सभापति शेरबहादुर देउवाले सरकारको विरोध प्रदर्शनमा सहभागी हुन सबै नेता कार्यकर्तालाई आह्वान गरिसकेका छन् । पुस १९ गते बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले संसद विघटनविरुद्ध तीन दिन प्रदर्शन गर्ने निर्णय गरेको थियो । पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्र, माघ ३ गते ७ सय ५३ स्थानीय तह र माघ ८ गते ७ सय ५३ पालिकाहरुका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार यसअघि कांग्रेसले पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा र पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ । तर सभापति देउवाले चुनाबमा जानु पर्ने र वरिष्ठ नेता रामचन्द्र पौडेलले जान नहुने बताइरहँदा कांग्रेसका कार्यकर्तामा अन्योल छाएको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेस आन्दोलित छ ।
नेपाली कांग्रेस विदुर र बेलकोटगढी नगरपालिकाका संयुत्त आयोजनामा विदुर नगरपालिका वडा नम्बर ५ देविघाटमा विरोधसभाको आयोजना गरिएको छ । विरोधसभालाइृ नेपाली कांग्रेसका पुर्वमन्त्रिहरु रामशरण महत, अर्जुननसिंह केशी, प्रतिनिधिसभाका सांसद वहादुरसिंह लामा, पार्टी सभापति जगदिश्वर नरसिंह केशी लगायतले विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
विरोधसभाअघि विदुरको लोकतान्त्रिक चौतारोबाट मोटरसाईकल र्यालीको आयोजना गरिएको छ । यस्तै बेलकोटगढीको विभिन्न स्थानमाबाट समेत मोटरसाइकल र्यालीको आयोजना गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बट्टारमा मोटरसाइकलले ठक्कर दिँदा एककाे मृत्यु
बागमती सरकारको बजेट बहुमतले पारित
धादिङमा फलामको पाइपले प्रहार गरी बुबाको हत्या
लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना





प्रतिक्रिया