विदुरमा लाग्ने गरेको सोमबारे हाटबजार बन्द हुने अवस्थामा
विदुर÷विदुरमा गत माघ ८ गतेदेखि शुरु भएको सोमबारे हाट बजार बन्द हुने अवस्थामा पुगेको छ । बजारमा कृषक र उपभोत्ताको संख्या एकदुई जनामा मात्र सिमित हुँदा हाटबजार नामै मात्रको बन्न पुगेको छ ।
नुवाकोट उद्योग वाणिज्य संघ,जिल्ला समन्वय समिति,जिल्ला कृषि विकास कार्यलय, विदुर नगरपालिका, अक्फाम, जिल्ला पशुविकास कार्यलय र सुआहाराको संयुत्त आयोजनामा निर्माण भएको हाट बजार ५० स्टल रहको छ तर हाटबजारमा कृषकहरु नआउँदा हाटबजारको स्टलमा तरकारी हुनुपर्नेमा मोटरसाइकल पार्किङ गरि राख्न थालिएको छ । देउरालीबाट आएकी कृषक सुकमाया तामाङले हाट बजारमा व्यापार बढ्ने विश्वास गरि गोलभेडा र बोडी ल्याएपनि खासै त्यस्तो व्यापार नभएको बताइन । गाउँमा ठेकेदारले सस्तोमा लिने गरेकोले हाटबजारमा आएको भन्दै तामाङ हाटबजारमा उपभोत्ता नै नआएकोले गाडीभाडा नै उठ्न गाह्रो भएको बताइन । बजारमा व्यापारी र उपभोत्ताको कमीले गर्दा बजार शुनशानजस्तै बनेको छ । बजारमा व्यापारी र उपभोत्ताको आर्कषण घट्न थालेपछि हाटबजार ओझेलमा पर्दै जान थालेको छ । बजारमा साचेजस्तो व्यापार नभएको ककनीबाट लगातार बजारमा तरकारी बेच्न आएका कृषक सुर्यवहादुर लामा बताए । लामाले हाटबजारमा कृषकको कमि हुनुमा बाटो र ढुवानीको समस्या रहेकोले समस्या भएको बताए ।
त्यस्तै हाटबजार सुनशान हुनुमा वर्खायाम र सडकको अवस्था नाजुक रहनु मुख्य कारक रहेको नुवाकोट उद्योग वाणिज्य संघका कोषाध्यक्ष तथा सोमबारे हाटबजारका संयोजक गिता अमात्यले बताउनुभयो । अमात्यले वर्खायाममा कृषकहरु धान रोपाईमा व्यस्त रहने र त्यसले गर्दा कृषक बजारमा आउन नभ्याएकोले बजारमा असर परेको बताउनुभयो । हाटबजार संयोजक अमात्यले कृषकहरले बजारमा तरकारी ल्याउन समस्या भएको भन्दै ढुवानी लागि गाडीको व्यवस्था गरिदिन माग गरेकोले समस्या समाधानको विषयमा छलफल भइरहेको बताउनुभयो । त्यस्तै जिल्ला कृषि विकास कार्यलय नुवानकोटका योजना अधिकृत कृष्ण उपाध्यायले नुवाकोटको बाढी पहिरोले गाउँगाउँका कृषक सदरमुकाम आउँन नसकेकोले बजार संचालनमा ल्याउन कठिन रहेको बताए । त्यस्तै सुआहारा कार्यक्रमका कृषि अधिकृत हरि लामाटाङेले हाटबजार संचालन समितिको मिटिङ विगत एकमहिनादेखि नबसेको भन्दै तत्काल मिटिङ बसी बजारलाई चुस्तदुरुस्त बनाउने बताए ।
विदुरको इलम प्रशिक्षण केन्द्रमा करिव १७ लाखको लागतमा हाट बजानर निर्माण गरिएको छ । हाटबजार केन्द्रस्थल निर्माणका लागि जिल्ला कृषि विकास कार्यलयले ३ लाख,अक्फामले १० लाख, सुआहाराले २ लाख र सप्रक्सले १ लाख आर्थिक सहयोग गरेको र बाँकी रकम जिल्ला समन्वय समितिले दिएको थियो । विभिन्न संघसंस्थाले हाटबजार गरेको लगानी वालुवामा पानीझै भएको छ । त्यसतर्फ सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया