धादिङमा केराको विषयमा विवाद हुँदा छोराले गरे बाबुमाथि बन्चरो प्रहार

विदुर खबर २०८२ कार्तिक ९ गते १४:४४

नुवाकोट । धादिङको सिद्धलेक -१ काँडेपानीमा छोराले आफ्नै बाबुलाई बन्चरो प्रहार गर्दा घाईते भएका छन् ।

Advertisement

एक घरी केराको विषयमा विवाद हुँदा छाेरा २८ वर्षीय पुरुषाेतम सिलवालले बाबु ६० वर्षीय एकबहादुर सिलवाललाई घरमै बन्चरो प्रहार गरेका हुन् । बन्चरो प्रहारबाट बाबुको खुट्टामा गहिरो चाेट लागेकाेले उनकाे धादिङ अस्पतालमा उपचार भइरहेको सिद्धलेक गाउँपालिका पूर्व अध्यक्ष प्रेमनाथ सिलवालले जानकारी दिए ।

आराेपित छोरालाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धादिङकाे हिरासतमा राखिएको छ ।

Advertisement

घरमा हल्ला भएकाे सुनेर बाबुछाेरा विवाद भएकाे स्थानमा पुगेका सिद्धलेक गाउँ पालिका पूर्वअध्यक्ष सिलवालले सुरुमा खुँडाले हान्न खोज्दा खाेसेर छुट्याए लगत्तै बन्चराेले प्रहार गरेका थिए ।

प्रतिक्रिया