ग्लोबल आइएमई बैंकको लाभांश पारित

विदुर खबर २०७७ पुष २९ गते १६:३२

नुवाकोट । ग्लोबल आइएमई बैंक Global IME Bank Limited को लाभांश पारित भएको छ ।

Advertisement

बैंकको १४ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयर धनीहरुलाई प्रस्ताव गरेको १४ प्रतिशत बोनश शेयर र २ प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७६/७७ मा सञ्चालन मुनाफा ४ अर्ब १७ करोड रुपैयाँ र कर पछिको मुनाफा २ अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको थियो । बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ ।

Advertisement

प्रतिक्रिया