गोरू जुधाईले पशु अधिकार कुण्ठीत

विदुर खबर २०७७ पुष २९ गते ९:४९

नुवाकोट ।नुवाकोटको विभिन्न स्थानमा  प्रत्येक बर्ष माघे सक्रान्तीका दीन गोरू जुधाई प्रतियोगीता हूने गरेको छ।

Advertisement

स्थानिय हरूका अनूसार उक्त गोरू जुधाई प्रतियोगीता विगत एक सय पचास बर्ष देखी चल्दै आएको हो, र यस बर्ष पनी उनन्चालिस हल गोरू जुधाउने तयारी भईरहेको छ। यसरी परम्परा लाई निरन्तरताको नाममा निर्दोस पशु लाई रगताम्मे हूनेगरी जुधाईन्छ,अनी जीत्ने गोरूका मालिकले पुरस्कार थाप्छन् र दर्सकहरू ताली बजायर रमाउछन्। पशु अधीकार के हो, र सम्पूर्ण प्राणी हरू प्रती मानीसको जिम्मेवारी के हो? भन्ने कूरा नत स्थानीय समूदायमा ज्ञान छ,नत गोरू जुधाई हेर्न जाने दर्शकलाई नै थाहा छ।

छिटफुट रूपमा केही पशु अधिकारकर्मी हरूले उक्त परम्पराको बिरोध गरेतापनी कूनै पनी सङ्गठित संस्था अथवा राजनैतीक दल हरूले आजसम्म पनी पशु अधीकारको बारेमा आवाज उठाउने गरेका छैनन्। हुनत राजनैतीक दलहरू आफ्नो राजनैतीक अभीष्ट पूरागर्न मानीस मानीसलाई समेत जुधाउन तत्पर हून्छन् भने उनीहरूले पशु अधिकारको बारेमा आवाज उठाउलान् भनेर कल्पना पनी गर्न सकीदैन। नेपालको कानुन अनुसार पशु प्रती हूने नीर्दयी ब्यबहारमा रोकावट गरी पशुको उचीत ब्यबस्थापन विकास र गुणस्तर कायम गर्दै पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को मर्म र भाबना अनुरूप पशु कल्याण सुनिस्चित गर्न बान्छनिय भएकाले पशु स्वास्थ्य तथा पशु सेवा नियमावली २०५६ को नियम २२ कले दीएको अधीकार प्रयोग गरी पशुपंक्षी विकास मन्त्रालयले पशु कल्याण निर्देशिका २०७४ जारी गरेको छ ? तारूकाको गोरू जुधाई उक्त निर्देशिकाको विरुद्धमा छ।

Advertisement

तारूकाको गोरू जुधाइले निश्चितरूपमा पशु अधीकार कुण्ठीत भएको छ। मात्र पशुहरू भाषामा तर्क गर्न सक्दैनन् , सबै प्राणी हरूमा पीडा खूसी डर निरासा र मातृ प्यार महसूस हूने गर्दछ जून सबै मानिसहरूमा पनी हूने गर्दछ।सृष्टीको मान्यता छ बाच्न चाहने सबै प्राणी हरूको दूःख र पीडाबाट मूक्त हुन पाउने अधिकार छ यो नै पशु अधिकार हो। पशु अधिकार एउटा दर्सन मात्र होईन यो एक सामाजिक आन्दोलन हो जसले समाजको परम्परागत दृष्टीकोणलाई चूनौती दीएको छ।तारूकाको गोरू जुधाई जनावर माथीको क्रूरता हो कारण हामी मानिसहरू आफुलाई धेरै शक्तीसाली महसूस गर्छौ अनी जानाजान कूनै पनी जनावरलाई आफ्नो स्वार्थ अनूरूप नोक्सान पूर्याउछौ। यस्था कृयाकलापले के थाहा पाउन सकीन्छ भने मानिसको चेतनामा अहीले सम्म पनी विकास हून सकेको छैन जसलाई तारूकाको गोरू जुधाईले पूष्टी गरीदीन्छ।
निष्कर्ष
अन्तीममा यस लेखको उदेश्य के हो भने तारूकाको गोरू जुधाई पशु अधीकार र प्राणी हीतका विरुद्धमा छ। गलत संकार लाई हामी मानब हरूले परिमार्जन गर्दै लैजानू पर्दछ। त्यसैले उक्त गोरू जूधाई रोक्नका लागी सबै स्थानीय बासी नागरीक समाज पशु अधिकारकर्मी लगायत सबै क्षेत्र बाट दवाब सृजना गरौ।

दीपक नेपाल
बेलकोटगढी ८ नुवाकोट

Advertisement

प्रतिक्रिया