चन्द्रागिरि हिल्सको आइपीओमा रेकर्ड ब्रेक, अहिलेसम्मकै बढी आवेदन
विदुर खबर
२०७७ पुष २९ गते ८:०२
काठमाडौं । चन्द्रागिरि हिल्सको साधारण सेयर (आइपीओ)मा माग भन्दा बढी आवेदन गर्नुका साथै आवेदनले पनि नयाँ रेकर्ड कायम राखेको छ ।
अहिलेसम्मकै सबैभन्दा बढी आवेदन चन्द्रागिरि हिल्सको आईपीओमा परेको छ । उक्त आईपीओमा २ करोड ४४ लाख ७४ हजार ५३० कित्ताको लागि आवेदन परेको छ । आवेदन खुला भएको अन्तिम दिन १२ लाख ५१ हजार १० जना आवेदकले २ अर्ब ४४ करोड ७४ लाख ५३ हजार रुपैयाँको आवेदन दिएको सिडिएससीले जनाएको छ ।
हिल्सले १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्कासन गरेको थियो । उक्त आईपीओमा ६१ हजार ३६४ कित्ता कम्पनीका कर्मचारी र ७६ हजार ७०५ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको थियो ।
बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्तामा मात्रै सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । यसको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया