सन् १८५८ देखि १९४७ का बिच उपनिवेश उन्मुख अङ्ग्रेजहरूले यस क्षेत्रका धेरैजसो राज्यलाई आफ्नो नियन्त्रणमा लिए । उपनिवेश नै नभने पनि अङ्ग्रेजको डरले करिब ५ सय ६२ वटा बाइसी-चौबीसी राज्यहरूले अङ्ग्रेजलाई कूत बुझाउँथे । यो परिस्थितिलाई अध्ययन गर्ने हो भने पृथ्वीनारायणले निर्माण गरेको नेपालले आफ्नो स्वतन्त्रता मात्र कायम राखेन, यसले ब्रिटिस साम्राज्य र शक्तिशाली चिनियाँहरूसँग जटिल कूटनीति लडाइलाई समेत विजय हासिल गरेको देखिन्छ।
नेपालको एकीकरण गर्ने उद्देश्यबाट नै प्रेरित भई पृथ्वीनारायण शाहले बनारसबाट हातहतियार बनाउने कारखानाको निरीक्षण गरी हातहतियार बनाउने र मर्मत गर्ने मुसलमान कालिगड, केही हातहतियार र मुसलमान योद्धाहरू समेत गोर्खामा ल्याएका थिए भन्ने इतिहासमा पढ्न पाइन्छ।
पृथ्वीनारायण शाहले नुवाकोटको पहिलो पराजित पछि दोस्रो पटक वि।सं १८०१ मा कालु पाण्डेको सेनापतित्वमा करिब हजार जना फौजले नुवाकोटमाथि हमला गरी नुवाकोटमाथि विजय प्राप्त गरे। नुवाकोट गोरखालीहरूको कब्जामा भएकाले नुवाकोटका सिपाहीहरू भागी वेलकोटमा अड्डा जमाई बसेकाले कालु पाडेको तत्काल हमला नगर्ने सल्लाहलाई उपेक्षा गरी पृथ्वीनारायण शाहले वेलकोटमा हमला गरे।
पृथ्वीनारायण शाहको काठमाडौं उपत्यका र पूर्वी क्षेत्र विजय गर्ने इच्छा रहेकाले आफ्ना प्रवल विरोधी शक्ति लमजुङका राजा रिपुमर्दन शाहसँग विसं १७९९ मा एक मैत्रीपूर्ण सन्धि गरेको पनि इतिहासकारहरूको भनाई छ उक्त सन्धि अनुसार दुवै राज्यबिच मैत्री सम्बन्ध कायम गर्ने कास्कीको अर्घामाथि कब्जा गर्न सफल भएमा त्यहाँको काठ कास्कीलाई दिने आदि शर्तनामा उल्लेख थियो।
नेपालको एकीकरण गर्न पृथ्वी नारायण शाह काठमाडौं र गोरखा बिचमा पर्ने नुवाकोट भू(भागलाई जितेर काठमाडौंमा प्रवेश गरेका थिए। काठ्माडौंको चन्द्रागिरि डाँडाबाट जब काठमाडौंलाई नियालेका थिए। त्यस क्षणमा काठमाडौंको सौन्दर्यताले पृथ्वी नारायण शाहलाई लालायित बनाएको थियो ।
रणनितिका कौशल र कुशल नेतृत्व भएका पृथ्वी नारायण शाहले इन्द्रजात्राको दिन काठमाडौं माथि विजय हासिल गरे भने कुशल रणनीति लगाएर क्रमशः ललितपुर, भक्तपुर, कीर्तिपुर अनि अन्य भू-भागहरू जितेका हुन।
प्रतिक्रिया