पृथ्वी जयन्तीको अवसरमा भोलि सार्वजनिक विदा

विदुर खबर २०७७ पुष २६ गते १३:१०

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

Advertisement

भोलि २ सय ९९ औ पृथ्वी जयन्ती तथा रााष्ट्रिय एकीकरण दिवसको अवसर पारेर नगरपालिकाले नगर क्षेत्रभित्र विदा दिएको हो ।नगरपालिकाको पाँचौ नगरसभाको निर्याण र नगरपालिकाको बैठकको निर्णय अनुसार विदा दिने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिवाकर चापागाईले जानकारी दिए ।

नगरपालिकाले विदा दिएपश्चात भोलि नगरपालिका अन्र्तगत रहेका सबै विद्यालय,सहकारी , सरकारी कार्यालयहरु बन्द हुनेछन् ।

Advertisement

प्रतिक्रिया