देशलाई संकटबाट बचाउन प्रधानमन्त्रिले संसद विघटन गरे नेता : पाण्डे

विदुर खबर २०७७ पुष २५ गते १६:५९

नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समहुका केन्द्रिय सदस्य केशव पाण्डेले प्रधानमन्त्रिले देशलाई संकटबाट बचाउन प्रधानमन्त्रिले प्रतिनिधिसभा विघटन गरेको बताएका छन् ।

Advertisement

शनिवार नुवाकोटको विदुरमा आयोजित नेकपा ओलि समुहले आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दे नेता पाण्डेले सो कुरा बताएका हुन् । नेता पाण्डेले नेकपा प्रचण्ड र नेपाल समुहले जनताको मताधिकारको दुरुपयोग गरि देशलाई अन्धकारतर्फ धकेलेको बताए । उनले पार्टीलाई प्रचण्ड र नेपाल समुहले अनिर्णयको बन्दी बनाएकोले संकट टार्न प्रधानमन्त्रि केपी शर्मा ओलिले ताजा जनादेश लिन चुनावमा जाने निर्णय गरेको बताए ।

फरक प्रसंगमा नेता पाण्डेले प्रदेशहरुमा पनि अविश्वासको प्रस्ताव दर्ता भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । उनले आफुहरु सबै मिलेर बाग्मति प्रदेशसभामा दर्ता गरिएको अविश्वासको प्रस्तावको डटेर सामना गर्नुपर्ने बताए ।

Advertisement

प्रतिक्रिया