नुवाकोट । नुवाकोटका पहिलो पटक सहकारी मर्ज हुने भएका छन् । विदुर नगरपालिका क्षेत्रभित्रमा सञ्चालित गोसाइँकुण्ड बहुउद्धेश्यीय सहकारी र एक चौतारी बचत तथा ऋण सहकारी बीच मर्ज हुने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
सहकारी ऐन २०७४ अनुसार एकै क्षेत्रका सहकारी संस्था एकीकरण गर्दै जानुपर्ने नीतिअनुसार ॐ श्री गोसाइँकुण्ड बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड र चौतारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड मर्ज हुन लागेको हो । शनिबार गोसाइँकुण्ड सहकारीको १९औं र चौतारी सहकारीको १२औं साधारणसभाबाट सहकारी एकीकरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
गोसाइँकुण्ड सहकारीको तर्फबाट सञ्चालक तथा मर्जर प्राप्ति समितिका संयोजक पुष्प लोहनी र चौतारी सहकारीको तर्फबाट सञ्चालक तथा मर्जर समितिका संयोजक सुकुमान डङ्गोलले सम्झौतामा हस्ताक्षर गरेका छन् । सहकारी ऐन २०७४ एवं सहकारी नियमावली २०७५, नगर सहकारी ऐन २०७६, नगर सहकारी नियमावली २०७७ बमोजिम गोसाइँकुण्ड र चौतारी सहकारी बीच एकीकरण हुन लागिएको जनाएको छ ।विगत ६ महिनादेखि अगाडी बढाईएको प्रकियालाई साधारणसभाले पारित गरेसँगै एकीकरणको कार्य अगाडी बढ्ने गोसाइँकुण्ड सहकारीका अध्यक्ष इन्द्रबहादुर पण्डितले बताए ।
सहकारी मर्ज पश्चात् गोसाइँकुण्ड चौतारी बहुउद्देश्यीय सहकारी लिमिटेड नामबाट कारोबार गर्ने सहकारी मर्जर समितिका संयोजक सुकुमान डंगोलले जानकारी दिए । दुवै सहकारीको विशेष साधारण सभाबाट पारित गरेका प्रस्तावलाई भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेश र विदुर नगरपालिकाको अन्तिम स्वीकृति पछि कारोबार सुरु उनले बताए ।
मर्जपछि सहकारीको कुल सेयर सदस्य करिब तीन हजार पुग्नेछ भने सेयर पुँजी तीन करोड २० लाख रहने जनाएको छ । गोसाइँकुण्ड सहकारीको सेयरपुँजी दुई करोड २० लाख ६ हजार रुपैयाँ रहेको छ । त्यस्तै, चौतारी सहकारीको सेयरपुँजी ८८ लाख ६९ हजार दुई सय रहेको छ ।














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया