नुवाकोटमा २ जना कोरोना संक्रमित थपिए
नुवाकोट । नुवाकोटमा थप २ जना कोरो्ना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमित थपिएका हुन । पछिल्लो २४ घण्टामा जिल्लाका १७ जनाको पिसिआर परिक्षण हुँदा २ जनामा संक्रमण पुष्टि भएको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार संक्रमित दुबै जना पुरुष रहेका छन् । उनीहरुमध्ये एकजना विदुर नगरपालिका र एक नुवाकोट वाहिरका रहेका छन् । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या एकहजार २६ पुगेको छ । यस्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या एकसय ७ पुगेको छ । उनीहरु होम आइसोलेसनमा उपचाररत रहेको कार्यालयका सुचना अधिकारी उत्तम खनालले जानकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका १० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ९ सय १८ पुगेको छ ।
नुवाकोटमा हालसम्म ८ हजार ५ सय ४९ जनाको पिसिआर परिक्षण गएिको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया