संसद विघटन असंवैधानिक : पूर्वराष्ट्रपति यादव
नुवाकोट । पूर्वराष्ट्रपति रामवरण यादवले सरकारले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको भन्दै त्यसलाई सच्याउन सबै जिम्मेवार भएर लाग्नु पर्ने बताएका छन् ।
तेज–तीर्थ ट्रष्टले बिहीबार आयोजना गरेको सम्मान कार्यक्रममा पू्र्वराष्ट्रपति यादवले असंवैधानिक कार्यलाई कसरी संवैधानिक बनाउने राजनीतिक पार्टी, पत्रकार, चेतनशील नागरिकका साथै सम्पूर्ण देशवासीको जिम्मेवारी रहेको बताएका हुन् । ‘जो संस्था (संसद्) कार्यकारीद्वारा असंवैधानिक ढंगले भंग भयो त्यो असंवैधानिक कार्यलाई कसरी संवैधानिक बनाउने पोलिटिकल पार्टीको, पत्रकारको, चेतनशील नागरिकको, सम्पूर्ण देशवासीको जिम्मेवारी छ ।’
राज्यका चार वटा अंगमा एउटा संविधानको व्याख्यता अदालत रहेकोले त्यहींबाट अहिलेको समस्या समाधान हुने यादवले आस प्रकट गरे । ‘संविधान ट्र्याकमा छ कि छैन । संविधानअनुसार कार्यकारीले काम गरेको छ कि छैन । जहाँ नेपाली जनताको आसा र भरोषा छ, त्यो संस्था (अदालत) मा सबैको विश्वास छ, सबै लोकतन्त्रवादीको विश्वास छ, मेरो पनि त्यहीं आसा छ,’ यादवले भने, ‘जहाँबाट न्याय हुने हो । तब प्रजातन्त्रका लागि, संविधानका लागि, व्यवस्थाका लागि, राष्ट्रियताका लागि निश्चय पनि आगामी दिन फलदायी हुनेछ ।’
सबैले आ-आफ्नो जिम्मेवारी बोध गरेमा नै देशको भलो हुने उनको भनाइ थियो । ‘अहिलेको संरचना कायम राख्न जनताको काँधमा जिम्मेवारी आएको छ भन्दै उनले आ-आफ्नो भूमिका निर्वाह गर्न सबैमा आह्वान गरे ।
अहिलेका अवस्थामा प्रतिपक्षको अवस्था कमजोर देखिएको भनी चिन्ता व्यक्त गर्दै उनले लोकतन्त्रमा पार्टी खम्बाका रुपमा रहने उल्लेख गरे । ‘अहिलेका अवस्थामा जनता जिम्मेवार हुनुपर्छ, पार्टी झन् जिम्मेवार बन्नुपर्ने हुन्छ’, डा यादवले भने, ‘अहिलेको अवस्थामा सबै सचेत बन्नुपर्छ ।’ स्वस्थ विदेश नीतिको आवश्यकतामा जोड दिँदै उनले राष्ट्रको जगेर्ना गर्न पनि त्यस्तो नीति आवश्यक भएको बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटका रिमाल एमालेको केन्द्रीय सदस्यमा पनि पराजित
नेपालका दुई हात्ती कतार लगिए
रसुवागढी नाका पुस १० देखि सञ्चालनमा ल्याउने तयारी
नुवाकोटको सूर्यकुण्ड हाइड्रोले पुस ९ गतेदेखि आईपीओ निष्काशन गर्दै
एमालेमा नेतृत्वका लागि मतदान हुँदै





प्रतिक्रिया