नुवाकोटका बैंकहरुमा पैसा थुप्रियो, निक्षेपकर्ता मारमा
नुवाकोट । नुवाकोटका बैंक तथा वित्तय संस्थामा अधिक तरलता देखिएपछि पछि पैसा बैंक तथा वित्तिय संस्थामा थुप्रिन थालेको छ । भएको पैसा नै लगानी गर्न नपाएका कारण बैंक बैंकहरुले बताएका छन् । बैंकमा तरलता पर्याप्त हुँदा निक्षेपकर्ताहरु भने समस्यामा परेका छन् ।
राष्ट्र बैंकको तथ्यांक अनुसार अहिले बैंकहरुमा १ खर्ब १६ अर्ब रुपैयाँ तरलता छ । राष्ट्र बैंकले बैंकहरुमा अधिक तरलता भएपछि २ खर्ब हाराहारीमा तरलता प्रशोचन गरेको छ । यसमध्ये ९० अर्ब रुपैयाँ अहिले पनि राष्ट्र बैंकमा बसेको छ । परिपक्व भएसँगै यो पैसा पुनः बजारमा जान्छ, अनि तरलता २ खर्बभन्दा धेरै हुन्छ ।
राष्ट्र बैंकले बैंकहरुबाट उठाएको ५० अर्ब रुपैयाँ त १५ पुसमा परिपक्व हुँदैछ, यो अब बजारमा गइहाल्छ । ‘कोरोनापछि बैंकहरुमा कर्जाको माग बढ्न नसकको बैंकरहरुको भनाई रहेको छ । बैंकमा तरलता पर्याप्त हुँदा धेरै फाइदाहरु छन् । तरलता पर्याप्त हुँदा कर्जाको ब्याजदर घट्छ । उद्योग–व्यवसाय गर्न चाहनेले सहज ऋण पाउँछन् । अझ भनौं वित्तीय साधन उपलब्ध हुने र यसले व्यवसायिक वातावरण सहज बनाउने हुन्छ, जसका कारण व्यवसायको लागत घट्छ ।
फाइदासँगै केही बेफाइदाहरु पनि छन् । पछिल्लो समय कर्जाको माग कम हुने र बैंकमा पैसा थुप्रिदाको असर निक्षेपमा देखिएको छ । निक्षेपकर्ताहरु बैंकको उपेक्षामा परेका छन् । यसले बचत निरुत्साहित हुन्छ कि भन्ने चिन्ता राष्ट्र बैंकमा छ । जतिबेला बैंकहरुमा पैसा अभाव हुन्छ, त्यतिबेला निक्षेपकर्ता चाहिन्छ । तरलता अभाव भएका बेला बैंकहरुले आकर्षक योजना ल्याएर निक्षेपकर्ता लोभ्याउन खोज्छन् । तर अवस्था अहिले फरक छ, निक्षेपकर्ताहरुलाई बैंकले खासै ध्यान दिएका छैनन् ।
पछिल्लो समय बैंकहरुमा लगानीयोग्य रकम पर्याप्त (अधिक तरलता) भएपछि बैंकहरु एक अर्काको ऋण खोसाखोसमा लागेका छन् । ऋणीहरु पनि बेस रेट कम भएको बैंकतर्फ लागेका छन् । पछिल्ला केही वर्षको तथ्यांक हेर्ने हो भने निक्षेपको औसत ब्याजदर निकै राम्रो थियो । तर कोरोनापछि भने ह्वात्तै घटेको छ । एक वर्ष पहिले ७ प्रतिशत नजिक पुगेको निक्षेपको औसत ब्याजदर अहिले ५.३१ प्रतिशतमा झरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग





प्रतिक्रिया