संसद विघटन पुर्ण रुपमा असंवैधानिक : डा रामशरण महत

लिखुको चौघडामा आयोजित विरोध सभालाई सम्बोधन गर्दे पुर्व अर्थमन्त्रि डा. रामशरण महत ।
नुवाकोट । पुर्व अर्थमन्त्रि तथा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. रामशरण महतले संसद विघटन पुर्ण रुपमा असंवैधानिक भएको बताएका छन् ।
सोमवार नेपाली कांग्रेस क्षेत्र नमबर १ ले लिखु गाउँपालिकाको चौघडामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दे डा महतले सो कुरा बताएका हुन् । विरोधसभा सम्बोधन गर्दे डा. महतले कम्युनिस्ट सरकारले गरेको अलोकतान्त्रिक कदमबिरुद र नेपालको संबिधानले परिकल्पना नगरेको कुरा कम्युनिस्ट सरकारले गरेकोले नेपालको संविधानको रक्षार्थ एंवा लोकतान्त्रिक वहुदलिय व्यस्थाको लागि नेपाली कांग्रेस देशभर आन्दोलनमा उत्रनुपरेको बताए । नेता महतले बिश्ववाट नै पतन भएको कम्युनिस्ट शासन अवको निर्वाचनपछि नेपालवाट पनि अन्त्य हुने समेत बताए । उनले नेपालमा २०४६ सालपछिका जे जति बिकाश निर्माण भएका छन त्यो सव नेपाली कांग्रेसले अंगिकार गरेको नितिको कारणले भएको समेत दाबी गरे ।
कार्यक्रममा विभिन्न पाटि परित्याग गरि सयौंको संख्यामा विभिन्न दलका नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नव प्रवेशिहरुलाई पुर्व मन्त्री एंव नेपाली कांग्रेसका प्रभावशालि नेता डा रामशरण महत, जिल्ला सभापति जगदिश्वर नरसिंह के.सि ,रन्जित कर्ण र रमेशकुमार महतले अविरमाला लगाएर स्वागत गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया