नुवाकोटको विदुर र चौघडामा कांग्रेस आज प्रर्दशन गर्दै

विदुर खबर २०७७ पुष १३ गते ९:२८

नुवाकोट । प्रधानमन्त्रि केपी शर्मा ओलील संसद विघटन गरेको विरोधमा नेपाली कांग्रेस नुवाकोटले आज नुवाकोटको विदुर र चौघडामा शक्ति प्रर्दशन गर्ने भएको छ ।

Advertisement

नेपाली कांग्रेस क्षेत्र नम्बर १ को आयोजनामा लिखु गाउँपालिका वडा नम्बर ४ चौघडामा र नेपाली कांग्रेस क्षेत्र नम्बर २ को आयोजनामा विदुरमा प्रर्दशन गर्न लागेको नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केशीले जानकारी दिए । भेलालाई कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्रि अर्जुननरसिंह केशीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

विदुरमा दिउँसो ११ बजे र चौघडामा साढे १२ बजे कार्यक्रम हुने बताइएको छ ।

Advertisement

प्रतिक्रिया