नुवाकोटका नेकपामा ९० प्रतिशत सचिवालय सदस्य प्रचण्ड-माधव समुहमा

विदुर खबर २०७७ पुष १३ गते ८:५६

नुवाकोट । नुवाकोटका नेकपामा ९० प्रतिशत सचिवालय सदस्य-प्रचण्ड माधव समुहमा देखिएका छन् ।

Advertisement

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेपछि को आधिकारी दल र को अनाधिकारी दल भन्ने विवाद चुलिएसँगै जिल्लामा भने ९० प्रतिशत सचिवालय सदस्य प्रचण्ड नेपाल समुहतर्फ देखिएका हुन् । केन्द्रमा विवाद देखिएपछि जिल्लामा पनि को कतातिर लाग्नलान् भन्ने चासो् आम सर्वसाधारणमा परेको छ । हाल नेकपाको सचिवालयमा रहेका मध्ये अधिकांश दाहाल -नेपाल समुहतर्फ देखिएका हुन् । नेकपा नुवाकोटको जिल्ला सचिवालयमा हाल ६३ जना रहेका छन् । ९० प्रतिशत हाम्रो पक्षमा देखिएका छनु दाहाल -नेपाल समुहका अध्यक्ष हिरानाथ खतिवडाले भने । यत्तिनै संख्यामा हाम्रोमा छन भन्ने छैन उनले भने । केही साथीहरुको अझैपनि तटस्थ छन् उनीहरुलाई अर्काे पक्षको भन्न मिल्दैन ।

शुक्रवार विदुरमा भएको जिल्लाको पार्टी सचिवालय बैठकमा ५४ जनाले सहभागिता देखाएका थिए । केहीले कार्य व्यस्तताका कारणले आउन नसकेका बताएका थिए भने केही अझैपनि तटस्थ बसेका छन् नेकपा नुवाकोटका नेता वुद्धि प्रधानले भने ।

Advertisement

यस्तै शुक्रवारको जिल्ला पार्टीका कार्यालय टिमका ७ जनामध्ये ६ जना उपस्थिति भएका थिए । बैठकमा बद्री मैनालीमात्र उपस्थित भएका थिएनन् । जिल्ला पार्टी अध्यक्ष हिरानाथ खतिवडाको अध्यक्षतामा बसेको बैठकले जिल्लास्तरीय भेला गर्ने,प्रधानमन्त्रिको कदमको विरुद्ध संसद पुर्नस्थापनाको माग गर्दे पालिका र वडास्तरसम्म कार्यक्रम लैजाने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया