लामो समयदेखि बन्द सिनेमा हल आजबाट खुल्दै, ४ फिल्म रिलिज हुँदै
नुवाकोट । कोरोना भाइरसम महमारीबाट चपेटमा परेको सिनेमा हल आजबाट खुल्दै छन् । चलचित्र संघले आजबाट सिनेमा हल खोल्ने घोषणा गरेको हाे ।
गत चैतदेखि बन्द रहेको हल खोल्न सरकारले चासो नदेखाएपछि व्यवसायीले स्वःघोषणा गर्दै हल खोल्न लागेका हुन् । आज ४ वटा फिल्म रिलिज गर्ने तयारी हल संचालकहरुले गरेका छन् । हलमा नयाँ फिल्म नभई गत वर्ष प्रदर्शनमा नै आएको फिल्म रिलिन हुनेछन्। चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानका अनुसार आज ‘आमा’ र ‘सेन्टी भाइरस’ चलाइने छ ।
चलचित्र संघको निर्णयपछि देशभरका मल्टिप्लेक्सले रिलिज हुने फिल्मलाई अनलाइन बुकिङमा राखेका छन् । क्यूएफएक्स चेनले २ नेपाली र २ अंग्रेजी फिल्म रिलिज गर्ने तयारी गरेको छ । जसअनुसार, नेपाली फिल्म ‘आमा र सेन्टी भाइरस’ रिलिज हुँदैछन् । यी दुबै फिल्म गतबर्षको फागुण ९ गतेबाट रिलिज भएका थिए । तर, कोरोना महामारीका कारण यी दुवै फिल्महरु रिलिज हुँदा हुँदै लकडाउनमा रोकिएका थिए । यस्तै, अंग्रेजी फिल्म ‘ब्लडसट र दि इनभिजिबल म्यान’ रिलिज गर्ने तयारी मल्टिप्लेक्स हलहरुले गरेका छन् । तर, यी फिल्म कुन–कुन शोमा रिलिज हुन्छन् भन्ने उल्लेख गरिएको छैन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द





प्रतिक्रिया