Logo
गृहपृष्ठ
    • समाचार
    • आर्थिक
    • अन्तरास्ट्रिय
    • खेलकुद
    • राजनीतिक
    • नुवाकोट समाचार
    • मनोरञ्जन
      • विचार
    • स्वास्थ्य/जीवनशैली

लामो समयदेखि बन्द सिनेमा हल आजबाट खुल्दै, ४ फिल्म रिलिज हुँदै

प्रकाशित मिती: १० पुष २०७७, शुक्रबार ०८:२६

नुवाकोट । कोरोना भाइरसम महमारीबाट चपेटमा परेको सिनेमा हल आजबाट खुल्दै छन् । चलचित्र संघले आजबाट सिनेमा हल खोल्ने घोषणा गरेको हाे ।

गत चैतदेखि बन्द रहेको हल खोल्न सरकारले चासो नदेखाएपछि व्यवसायीले स्वःघोषणा गर्दै हल खोल्न लागेका हुन् । आज ४ वटा फिल्म रिलिज गर्ने तयारी हल संचालकहरुले गरेका छन् । हलमा नयाँ फिल्म नभई गत वर्ष प्रदर्शनमा नै आएको फिल्म रिलिन हुनेछन्। चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानका अनुसार आज ‘आमा’ र ‘सेन्टी भाइरस’ चलाइने छ ।

चलचित्र संघको निर्णयपछि देशभरका मल्टिप्लेक्सले रिलिज हुने फिल्मलाई अनलाइन बुकिङमा राखेका छन् । क्यूएफएक्स चेनले २ नेपाली र २ अंग्रेजी फिल्म रिलिज गर्ने तयारी गरेको छ । जसअनुसार, नेपाली फिल्म ‘आमा र सेन्टी भाइरस’ रिलिज हुँदैछन् । यी दुबै फिल्म गतबर्षको फागुण ९ गतेबाट रिलिज भएका थिए । तर, कोरोना महामारीका कारण यी दुवै फिल्महरु रिलिज हुँदा हुँदै लकडाउनमा रोकिएका थिए । यस्तै, अंग्रेजी फिल्म ‘ब्लडसट र दि इनभिजिबल म्यान’ रिलिज गर्ने तयारी मल्टिप्लेक्स हलहरुले गरेका छन् । तर, यी फिल्म कुन–कुन शोमा रिलिज हुन्छन् भन्ने उल्लेख गरिएको छैन ।

दीपेन्द्र के. खनालको निर्देशनमा रहेको फिल्म ‘आमा’ का र रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म ‘सेन्टी भाइरस’ लाई यसअघि दर्शकले रूचाएका थिए। बन्द भएको ९ महिनापछि देशभरका हल आजदेखि सुचारु हुन लागेका हुन् । सिनेमाको छायांकन भने सुचारु गर्न सकारात्मक भएको सरकारले हल भने केही दिन अझै पर्खेर मात्र खोल्न आग्रह गर्दै आएको छ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

दामीज नुवाकोटको चौथो प्रस्तुति म्हेन्दो ज्याबा पाटोला बजारमा
लकडाउनपछि खुलेन फिल्म हल,दर्शक पखाईमा हल (फोटोफिचर)
नुवाकोटकी भैरवी ढुंगाना राष्ट्रिय कविता महोत्सवमा प्रथम
पुन विवाहबन्धनमा बाँधिदै नायिक स्वेता खड्का
हास्य टेलिश्रृङ्खला ‘सक्किगोनी’ फेरि प्रसारण हुँदै
‘गैडा’ लाई कोरोना संक्रमण
कोरोना संक्रमित हास्य कलाकार गजुरेलको अवस्था गम्भीर
नुवाकोटे गायक पुरुषोत्तम दाहालको ‘घर त नुवाकोट’ सार्वजनिक
kerung

ताजा अपडेट

क्षेत्रपाल आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला भुजेल कांग्रेस प्रवेश

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ३ मा रहेको क्षेत्रपाल आधारभुत विद्यालय व्यवस्थापन...

संसद विघटनविरुद्ध नुवाकोट कांग्रेसद्धारा ८८ वटै वडामा प्रर्दशन

नुवाकोट । प्रधानमन्त्रि केपी शर्मा ओलिले गरेको संसद विघटनको विरोधमा नेपाली कांग्रेुस नुवाकोटले...

  • पाँच दिनभित्र सबै जिल्लामा कोरोना खोप पुर्याइने
  • संसद विघटनको विरुद्धमा नुवाकोट कांग्रेसले आज वडाहरुमा प्रर्दशन गर्दे
  • मुक्तिनाथ विकास बैंकको अधिकांश सूचकमा सुधार
  • सर्लाहीमा बस दुर्घटना २ महिलाको ज्यान गयो १७ घाइते
  • क्षेत्रपाल आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला भुजेल कांग्रेस प्रवेश
  • संसद विघटनविरुद्ध नुवाकोट कांग्रेसद्धारा ८८ वटै वडामा प्रर्दशन
  • पाँच दिनभित्र सबै जिल्लामा कोरोना खोप पुर्याइने
  • संसद विघटनको विरुद्धमा नुवाकोट कांग्रेसले आज वडाहरुमा प्रर्दशन गर्दे
  • मुक्तिनाथ विकास बैंकको अधिकांश सूचकमा सुधार
प्रकाशक\सम्पादक : शालिकराम चालिसे     संवाददाता : नवराज चालिसे, संगिता लामिछाने     गेर्खु मिडिया प्रा.लि विदुर ११ नुवाकोट    
© Bidurkhabar.com 2018 | All rights reserved
Website By : ssec
फोन: ९८४९८२०९१६ ईमेल : bidurkhabar@gmail.com