अहिले निर्वाचन आर्थिक दृष्टिकोणमा पनि उपयुक्त छैन : डा.महत

विदुर खबर २०७७ पुष ८ गते २०:२४

Advertisement

नुवाकोट । संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई कसरी लिने भन्नेमा अलमलिएको प्रमुख विपक्षी नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठक लम्बिने देखिएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले संसद विघटन असंवैधानिक भएकाले सडकमा उत्रिनुपर्ने बताएका छन् । तर सभापति शेरबहादुर देउवा सर्वोच्च अदालत र निर्वाचन आयोगको निर्णय पर्खिने मुडमा देखिएका छन् । त्यसैले उनी मंगलबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकसमेत लम्ब्याउन लागेका छन् ।

Advertisement

बैठकको सुरुमा बोलेका डा. रामशरण महतले संसद विघटन असंवैधानिक भनेर जानुपर्ने बताए। पूर्वअर्थमन्त्री समेत रहेका उनले अहिले निर्वाचन आर्थिक दृष्टिकोणमा पनि उपयुक्त नहुने धारणा राखे । नेता गगन थापाले पदाधिकारी बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भनिसकेकाले अलमल गर्न नहुने बताए । होइन भने पदाधिकारी बैठकको निर्णय सच्याउनुपर्ने उनको तर्क थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको चुनाव नहुने बरु देश अँध्यारो सुरुङमा जाने भन्दै थापाले बैठकमा भने, ‘हामीले अदालतलाई पर्खिने होइन, संसद विघटन असंवैधानिक छ, यसलाई सच्याओस् भन्ने हो ।’ संसद विघटन असंवैधानिक छ भनेर सडकमा जानुपर्ने र संवैधानिक परिषद्ले गरेका निर्णयहरू अस्वीकार्य छ भनेर केन्द्रीय कार्यसमितिबाट भन्नुपर्ने उनले बताए ।

Advertisement

प्रतिक्रिया