रसुवाको सीता गुफा संरक्षण नहुदाँ खण्डहर बन्दै

विदुर खबर २०७७ पुष ८ गते १९:२५

रसुवा  । रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ६ धुन्चे देखि पाँचकिलोमिटर पर रहेको बोकेझुण्डा स्थित पासाङल्हामु राजमार्ग ३० मिटर तल राजमार्ग बन्नुभन्दा पहिलेको मुल बाटो मानै रहेको सीता गुफा संरक्षण र चासो को बिषय नबन्दा खण्डहर बन्दै गएको छ ।

Advertisement

त्यहाँको शिक्षक तथा स्थानीय समाज सेवि राम ग्याल्बो घलेका अनुसार परापुर्व कालमा यस ठाउँमा एक जना भिक्षुनी अर्थात आनी यस गुफामा ध्यान गरि बस्ने गरेको र उहाँबाट एकजना सीता नाम गरेको तपस्या गर्न भनि आएर बस्न थाले भगवान रामको श्रीमती सीता नभई लामा धर्म गन्थ्रको अनुसरण गर्न र शान्तिको खोजिका लागि आनी सीता चाहि हो ।

यस गुफा भित्र दुई जना भिक्षुनी हरु तपस्या गरीरहेका अवस्थामा अर्को पनि आएर तपस्या गरेको यस ठाउँ आएर तपस्या गर्न लागे पासाङल्हामु राजमार्ग बन्नुभन्दा पहिले यही बाट मानिसहरुले आवातजावत गर्दथे । भोट बाट नुन साटन बेसी यही बाटो भएर जानुपर्दथो । राम ग्याल्बो घले आफुले थाहा पाएर सम्म म पनि यही बाटो धेरै चोटी हिडे राजा विरेन्द्र समेत यसबाटो भएर हिडेको बताउनु हुन्छ ।

Advertisement

यस गुफा लाई तामाङ भाषा साङतोरमो भनिन्छ । आफ्नो ध्यान तपस्या गरिसकेपछि घाम ताप्ने र यहाँ आएका मानिसहरुलाई आषिस दिने गुफा भन्दा सिरानमा बसेर तल्लो पट्टी रहेको ढुङगामा अरु भेटन आउने मानिसहरुलाई आंशिक दिने गदर्थे । यस गुफा वरिपरि मान्द्रो, ढिकि हलो ओदान रहेको छ ।त्यहाँ भिक्षुनीहरुले प्रयोग गर्ने गरेका थिए । आज पनि छ त्यो प्रयोग भएका समानहरु चासो र खोजिको विषय नबन्दा खण्डहरु बन्दै छ ।

शिक्षक राम घले बताउनु हुन्छ । यस ठाउँ लाई संरक्षण र चासो दिन सके आन्तिरक तथा बाध्य पर्यटक हरु भित्रयाउन सकिन्थ्यो यस ठाउँको मानिसहरुले रोजगारी पाउथे पुरानो बाटो बाट हिडेपछि जो कोहीले पनि देख्न सक्छन बोकेझुणडाको सिरानमा छङगमदेखि त्यसकै डेढ किलोमिटर तल सिता गुफा रहेकोले यसभुमि पबित्र छ ।

Advertisement

प्रकृतिको बरदान र भगवानले बास गरेको यस बोकेझुण्डा चाहिँ जग बहादुर राणको पालामा उसको सेनाहरु गोसाईकुण्ड जान लाग्दा जगबहादुर ले सेनाहरुलाई भनेछन यो बाटो हिडदै जादा बाटोमा जे भेटछ ।तेही ल्याउनु भनेका थीए राणकाल भन्दा पनि पहिलेको करिब पाँच सय पुरानो रुख छ । भिमलीको पुरानो गाउँको छेउमा त्यो रुख गत असार ६ आफै ढल्यो तेती खेर बाटोमा जादै गरदा बाध भेटेपछी के गर्ने भन्दा रुखमा बाघलाई झुण्डाइदिए पछि यस ठाउको नाम बाघझुण्डा भनेर भन्न थाले र पछि भन्दै बोल्दै जादाँ बोकेझुण्डा भएको हो ।

बोकेझुण्डा भन्ने बाघ झुण्डाएर बोलिचालिमा बोकेझुण्डा भनियो बिशूद्द तामाङ जातिको बसोबास रहेको यहाँ पश्चात कालमा धेरै चहलपहल भएको ठाउँ हो त्यहाँ रहेको ठुलो चाप को रुख अहिले आफै ढलेको छ । जसमा बाघ झुण्डाएको थियो हनुमान ढोका बाट यस रुख सम्म आईपुग्न १९ कोश भन्ने सिलालेख अहिले जिवन्त छ यस ठाउँमा

काठमाण्डौ बाट एक सय १३ किलोमिटर र सदरमुकाम धुन्चेबाट ५ किलो मिटर रहेको छ ।यस पासामङ ल्हामु राजमार्ग बनेपछि गोरेटो बाटो बाट अहिले कोही हिडडुल गर्दैनन कुनै सय मानिसहरु त्यस बाटोबाटो ओहोर दोहर गर्ने गर्थे । राम घले ले जानकारी दिए अनुसार हामी सात जना युवाहरु मिलेर यस सिता गुफा भित्र गएर सरसफाई गरेर यस ठाउँमा भएको झाडीहरु फाडने योजना छ । र केही काठमाण्डौका मानिसहरु बोलाएर यस ठाउको महिमा महत्व र त्यस भावि पुस्ता सम्म जिवन्त राख्न सहयोग गर्ने बताउनु हुन्छ ।

जव २०७२ सालको भुकम्पले धेरै ठाउँमा तहस नहस नै गरयो र बोकेझुण्डा गाउँमा भएका पुराना शैलिका घरहरु भत्काइदिएपछि गाउ छोडेर पासाङल्हामु राजमार्ग छेउछाउमा गाउँ छोडेर सरेका छन ।

त्यस सिता गुफामा तीन जना भिक्षुनी हरुमध्ये एकजनाको नाम सिता हो गुरु रुम्बेक्षे को चेलीहरु ज्ञान प्राप्त गरेर डोल्मा सिता र सोनाम र अन्य नाम हुन्छ । यस गुफा भित्र ढलान गरेको जस्तै ढुङगाको चिल्लो प्लाष्टर छ जसमा लामा अक्षर मा लेखिएको छ । त्यति खेर पुस्तक राखिएको हुनुपर्छ । यहाँ सोमबार बिहिबार पारेर गएपछि भोटेकुकुर कराउने गर्देथ्यो रे पहिलो त्यस ठाउँको पुरानो मानिसहरुले बताउछन । विशाल पहाड रहेको यस ढुङगा बाट बनेको गुफामा रिम्बुक्षेको शक्ति रहेकोले आजको पुस्तालाई पनि यस संरक्षण गरेर देखाउन पाए हामी मानब हुनुको सार्थक रहन्छ ।

जङगलको विचमा रहेको यस ठाउँमा गुफा भित्र उति बेला प्रयोग भएको सामान पुस्तक लगाएतका थुर्पै चिज निहालन सकिन्छ । सत्य युगका यस्ता धार्मिक, सास्किृतिक आस्थाको धरोहर हरु आज सम्म जिवन्त रहेको छ । तर आजको कलियुगमा विश्वास कम पाप धेरै बढेको छ । नयाँ पुस्ताका मानिसहरु ले यस्तो चिजहरुमा विश्वास गर्दैनन ।

बोकेझुण्डा का मानिसहरु सबै भगवान प्रति आस्था राख्ने भए का ले सरल र शान्त स्वभाव राखि प्रकृतिले दिएको यस्तो आस्थाको केन्द्र मानिने गुफा लगायत छङगमदेविको संरक्षण गरि कुनै पाप लाग्ने र अहित हुनेकाम गर्दैनन । त्यसैले त यहाँका मानिसहरु निस्वार्थ रुपमा अरुलाई सहयोग गर्दछन । बाघ झुण्डाएको भएर बाघ झुण्डा नाम रहदै अपभ्रङण भएर यस ठाउको नाम थिएन पछि मात्र नाम थाहा भएको रहेछ । बाघलाई बाघेर झुण्डाएको भएर नै यस्तो नाम रहेको हो ।

कसैले भन्छन बोकालाई झुण्डाएर यस्तो नाम रहयो भन्छन । यस ठाउँमा पश्चायत कालको माननियको गाउँ यही हो । प्रख्यात र चर्चित ठाउँमा गन्निछ । यहाँको मानिस प्राय कृषि यात्रामा नै रमाउछन । बाख्रा पालन माछा पालन गर्छन । खेतीपाती लगाएर पर निर्भर नभई आत्म निर्भर बनेका छन ।

माछा पालक ल्वाङ ग्याल्बो घले बताउनुहुन्छ ।. यहाँ अनेकतामा एकता छ तर सम्बन्धित निकाय बाट ध्यान दिदैनन् । आफ्नो मौलिक भेषभुषा बोलिचाली सास्कृतिक र कृषि मा उब्जाउ हुने ठाउँलाई स्थानीय सरकार बनिसकेपछि केही गर्नुपर्ने हो तर ओझेलमा नै परेको छ । गाउँ– गाउँमा र्नै सिंहदरबार गयो भन्छन तर अर्को निर्वाचन हुन लाग्यो । कोहीले केही गर्दैनन ल्वाङ ग्याल्बो बताउनु हुन्छ ।

प्रतिक्रिया