संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको राप्रपाको निष्कर्ष

विदुर खबर २०७७ पुष ५ गते १९:०२

नुवाकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारले गरेको संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको छ ।

Advertisement

आइतबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको कार्य व्यवस्थापन समिति बैठकले यस्तो निष्कर्ष निकालेको हो । अध्यक्ष प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसद् विघटन गरेर असंवैधानिक र अलोकतान्त्रिक काम गरेको निष्कर्ष निकालिएको बताए ।

राप्रपाले सरकारको यो कदमलाई आगामी संघर्षका कार्यक्रममा मुख्य एजेण्डाका रुपमा लिएर जाने पनि बताए । उनले भने ‘हाम्रो विरोध कार्यक्रमहरु छँदैछन् । त्यसमा पनि मुख्य एजेण्डाका रुपमा लिएर जान्छौं,’ उनले भने, ‘त्यो प्रतिगामी कदम हो । अलोकतान्त्रिक कदम हो र यसले गर्दा यो संविधानलाई असफल बनाउने दिशामा उहाँहरु हिँड्नु भएको छ ।’

Advertisement

प्रतिक्रिया