रेशम चौधरी र लक्ष्मण थारूलाई जन्मकैद

विदुर खबर २०७७ पुष ३ गते १०:४५
नुवाकोट । उच्च अदालत दिपायल राजपुरले सांसद रेशम चौधरीलाई जन्म कैदको फैसला सुनाएको छ ।बिहीबार राती सम्म उच्च अदालत दिपायलमा भएको बहसमा सांसद चौधरीसहित अन्य सात जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलालीले यस अघि गरेको आदेश सदर गरेको हो । अदालतले लक्ष्मण थारुलाई पनि जन्मकैदको सजाय सुनाएको छ । यस अघि घटनाका अर्का दोषी लक्ष्यमण थारुलाइ भने जिल्ला अदालत कैलाली धरौटीमा छोडेको थियो ।

एक जना प्रहरी वरिष्ठ उपरीक्षक तथा सात जना प्रहरी र एक नाबालकको ज्यान जाने गरी बिसं २०७२ साल भदौँ ७ गते कैलालीको टिकापुरमा थारुहटको माग गर्दै निकालिएको जुलुसमा भएको घट्नामा दोषी ठहर गर्दै उच्च अदालत दिपायलले जिल्ला अदालत कैलालीले गरेको जन्म कैदकै निर्णय सदर गरेको हो । उच्च अदालत दिपायल राजपुरका माननीय न्यायाधिस टेकनारायण कुवँर तथा सिताराम मण्डलको संयुक्त इजलासले टिकापुर घटनामा दोषि देखीएका सांसद रेशम चौधरी तथा अर्का नेता लक्ष्मण लक्षमण थारुलाई जिल्ला अदालत कैलालीले गरेको जन्म कैदकै फैसला सदर हुने भन्दै जन्म कैदको फैसला सुनाएको हो ।

Advertisement

उच्च अदालतले गरेको निर्णमा भनिएको छ “प्रतिवादीहरु मध्ये रेशमलाल चौधरी, हरिनारायण चौधरी, प्रदिप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी समेत जना ७ को हकमा मुलुकी ऐन ज्यान सम्बन्धीको महलको १ नं. को कसूरमा सोही महलको १३(घ) नं बमोजिम जन्म कैद हुने र सोही महलको १५ नं. बमोजिम ज्यान मार्ने उद्योगमा जनही ५ वर्ष कैद सजाय समेत हुने ठहर्याई भएको सुरु कैलाली जिल्ला अदालतको मिति २०७५ फागुन २२ गतेको फैसला मिलेको देखिँदा सोही बमोजिम सदर हुने ठहर्छ ।”

मुलुकी ऐन ज्यान सम्बन्धि महलको १३(३) बमोजिम जिल्ला अदालत कैलालीले प्रतिनिधि सभा सदस्य तथा सांसद चौधरीलाई जन्म कैदको फैसला सुनाएपछि जिल्ला अदालतको उक्त आदेश बिरुद्ध सांसद चौधरी उच्च अदालत दिपायल राजपुर जानु भएको हो । उच्च अदालत दिपायल राजपुरमा पुनरावेदन गरेपनि सांसद चौधरीलाई सफाइ दिन उच्च अदालतले अस्विकार गरेको उच्च अदालत दिपायलका निमित्त रजिष्ट्रर सिता रेग्मीले जानकारी दिनुभयो । चौधरी थुनामै रहेको समयमा बिसं २०७५ पुस १९ गते संसदको शपथ ग्रहण गराइएको थियो ।

Advertisement

प्रतिक्रिया