नुवाकोटमा कोरोना संक्रमितको संख्या ९ सय ५१ पुग्यो

विदुर खबर २०७७ मंसिर ३० गते २०:५५

नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या ९ सय ५१ पुगेको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ३ जना कोरोना संक्रमित भेटिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ९ सय ५१ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा २३ जनाको पिसिआर परिक्षण गर्दा ३ जनमा कोरोना संक्रमण प्ष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देखिएका संक्रमित संक्रमितहरु विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र लिखु गाउँपालिकाका समान एक ÷एक जना रहेको कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए । यससँगै नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ३७ पुगेको छ । जसमध्ये २ सय ३३ जना होम आइसोलेसनमा र ४ जना अस्पतालमा उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका २४ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएको कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए । यससँगै नुवाकोटमा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ७ सय १३ पुगेको छ ।

हालसम्म नुवाकोटमा ८ हजार एकसय २१ जनाको पिसिआर परिक्षण हुँदा ७ हजार एकसय ७० जनाको रिर्पाट नेगेटिभ आएको छ । नुवाकोटमा कोरोना संक्रमणको कारण एक महिलाले ज्यान गुमाएकी छिन् ।

Advertisement

प्रतिक्रिया