शुभप्रभात बचत तथा ऋण सहकारीको १३ औ वार्षिक साधारणसभा सम्पन्न


फाईल फोटो ।
ईन्द्रचोक । विदुर नगरपालिका वडा नं २ ईन्द्रचोकमा रहेको शुभप्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
कोरोना भाईरस अर्थात (कोभिड १९) को कारणले सहकारीले सामाजिक दुरी कायम गर्दै साधारणसभा यहि मंसिर २७ गते शनिवार सम्पन्न गरेको छ । सहकारीले आर्थिक वर्ष २०७६÷७७ को अन्तसम्ममा १७ करोड ३३ लाख ५० हजार ६ सय ३४ रुपैँया बचत गरेको सहकारीका अध्यक्ष महेन्दलाल श्रेष्ठले बताए । श्रेष्ठले सहकारीको १३ औ साधारणसभा आइपुग्दासम्म संस्थाको सेयर पुजी १ करोड ६७ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको बताए ।
सहकारीले आर्थिक वर्ष २०७६÷७७ मा १४ करोड ६७ लाख ६४ हजार ८ सय ७४ रुपैयाँ कर्जा प्रवाह गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । यस्तै कर्जा असुलीतर्फ ६ करोड २६ लाख २५ हजार २ सय ४८ रुपैयाँ क्रृण असुली भएको बताइएको छ ।
कार्यक्रममा सहकारीका कोषाध्यक्ष रामराजा श्रेष्ठले आर्थिक वर्ष २०७६÷७७ को लेखा परिक्षण प्रतिवेदन तथा आ.व २०७७÷७८ को अनुमानित आय व्ययका साथै निति तथा कार्यक्रमको बारेमा जानकारी गराएका थिए । सहकारीले आर्थिक वर्ष आर्थिक वर्ष २०७६÷७७ मा आफ्नो सम्पुर्ण खर्च कटाई ३१ लाख ६८ हजार ७ सय ९५ रुपैया नाफा गरेको सहकारीका कोषाध्यक्ष रामराजा श्रेष्ठले जानकारी दिए ।
सहकारीले आफ्ना शेयर सदस्यहरुप्रति जिम्मेवारी बोध गर्दे एकलाखको कोरोना बिमा गरेका जनाएको छ भने विगत वर्षहरुमा गरिँएको व्यत्तिगत दुर्घटना बिमालाई नविकरण गरेको जनाएको छ । सहकारीमा हाल एकहजार २ सय ७२ पुरुष र ७ सय ६९ जना महिला गरि २ हजार ४१ जना सेयर सदस्य रहेका छन् ।
सम्बन्धित समाचार
प्रतिक्रिया