दर्शनार्थीहरुका लागि मन्दिर खोलिए पनि विशेष पूजा र मन्दिरभित्र भजनकीर्तिन भने तत्काल नहुने डा. ढकालले बताए । नौ महिनादेखि मन्दिर बन्द हुँदा दर्शन गर्न नपाएको भन्दै विश्व हिन्दू महासंघको नेतृत्वमा विभिन्न धार्मिक संस्थाले पशुपति क्षेत्रमा सांकेतिक विरोध गर्दै आएका थिए । मन्दिर खोल्नुपर्ने माग गर्दै आएका संस्थाले पनि मंगलबार पशुपति प्रांगणमा विशेष पूजा गर्ने तयारी गरेका छन् ।
भोलिबाट पशुपतिनाथ मन्दिर खुल्ने,क्षमा पूजा गरिँदै
विदुर खबर
२०७७ मंसिर ३० गते ९:३०

नुवाकोट । कोरोना भाइरस संक्रमणको जोखिमका कारण नौ महिनादेखि बन्द काठमाडौंको पशुपतिनाथ मन्दिर भोलि (बुधबार) बाट खुल्ने भएको छ ।
आज (मंगलबार) बिहान क्षमा पूजा गरी बुधबारदेखि दर्शनार्थीहरुका लागि मन्दिर खुल्ला गरिने पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले जानकारी दिए । पहिलो चरणमा पश्चिम ढोकाबाट दर्शनार्थीहरुलाई प्रवेश गराइने र सोही ढोकाबाट बाहिरिने व्यवस्था मिलाइने छ । दर्शनार्थीहरुले अनिवार्य मास्क लगाउनु पर्ने छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया