बागमतीका ९५ प्रतिशत कोरोना संक्रमणमुक्त

विदुर खबर २०७७ मंसिर ३० गते ९:१२

नुवाकोट । सातै प्रदेशमध्ये सबैभन्दा बढी कोरोना संक्रमित रहेको बागमती प्रदेशका ९५ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

Advertisement

देशभर दुई लाख ४८ हजार चार सय २३ जनामा संक्रमण पुष्टि हुँदा आइतबार साँझसम्म बागमतीमा मात्र एक लाख ३६ हजार ४७ जना संक्रमित भइसकेका छन् । यो संख्या देशभरका कुल संक्रमितमध्ये ५४ दशमलव ७६ हो । तीमध्ये ९५ प्रतिशत अर्थात् एक लाख २८ हजार नाै सय ७९ जना संक्रमणमुक्त भइसकेको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।

मन्त्रालयको तथ्यांकअनुसार हाल कुल संक्रमितमध्ये चार दशमलव ५६ अर्थात् ६ हजार दुई सय १४ जना उपचाररत र आठ सय ६४ अर्थात् शून्य दशमलव ४६ प्रतिशतको निधन भएको छ । बागमतीका १३ जिल्लामध्ये काठमाडौंमा संक्रमितको संख्या सबैभन्दा बढी रहेको छ । काठमाडौंमा आइतबार साँझसम्म ९२ हजार नाै सय ४१ म कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Advertisement

यसैगरी ललितपुरका १४ हजार चार सय ३१, भक्तपुरका आठ हजार चार सय २८, रसुवाका एक सय ९३, नुवाकोटका एक हजार तीन सय ४४, धादिङका एक हजार ६ सय १०, चितवनका सात हजार ३९, सिन्धुलीका पाँच सय ४०, मकवानपुरका चार हजार एक सय ६९, रामेछापका पाँच सय २३, दोलखाका ६ सय ६८, काभ्रेपलाञ्चोकका तीन हजार दुई सय ३१ र सिन्धुपाल्चोकका नाै सय ३० जनामा संक्रमण पुष्टि भएको तथ्यांकमा उल्लेख छ ।

हालसम्म बागमतीका दुईवटा प्रयोगशालाबाट ४९ हजार ६ सय ३८ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख डा. पुरुषोत्तमराज सेढाईंले जानकारी दिए । उनका अनुसार हेटौँडाको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबा ३३ हजार चार सय ८० र धुलिखेलको प्रयोगशालाबाट १६ हजार एक सय ५८ जनाको स्वाब परीक्षण गरिएको छ ।

Advertisement

क्वारेन्टाइन र आइसोलेसनमा बस्ने न्यून
पछिल्लो समय कोरोना संक्रमण पुष्टि भएकाहरू होम आइसोलेसनमा र कन्ट्याक्ट ट्रेसिङमा पर्नेहरू होम क्वारेन्टिनमा बस्नेको संख्या वृद्धि भएसँगै संस्थागत क्वारेन्टिन र आइसोलेसनमा बस्नेको न्यून भएको छ ।

प्रदेशभर सात हजार चार सय ७७ क्वारेन्टिन तयारी अवस्थामा राखिएको छ । हाल संस्थागत क्वारेन्टिनमा दुई सय २२ र होम क्वारेन्टाइनमा ६ सय ९९ जना बसिरहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरी संस्थागत आइसोलेसन चार हजार सात सय आठ क्षमतामा तयारी अवस्थामा छ । जहाँ हाल दुई हजार ६ सय चारजना बसिरहेका छन् भने तीन हजार ६ सय १० जना होम आइसोलेसनमा बसिरहेका छन् ।

प्रतिक्रिया