केरुङ-काठमाडौं रेलमार्गको पछि सर्‍यो स्थलगत अध्ययन

विदुर खबर २०७७ मंसिर २९ गते १९:२७

नुवाकोट । चिनियाँ र भारतीय रेलका प्रस्तावित परियोजनामध्ये कुन पहिला निर्माण सुरू हुने भन्ने चर्चा लामो समयदेखि चल्दै आए पनि दुवै अनिश्चित छन्।

Advertisement

रक्सौल-काठमाडौंको सम्भाव्यता अध्ययनका लागि भारतीय कम्पनीले स्वीकृति पायो, काम थालेको छैन। केरुङ-काठमाडौं अध्ययन अघि बढाउन चिनियाँ पक्ष अलमलमा छन्।  बहुचर्चित केरुङ-काठमाडौं रेलमार्गको फिजिविलिटी अध्ययनको फिल्ड सर्भे  कोरोना महामारी सहज भएपछि मात्रै हुने भएको छ। केही समय अघि नेपाली अधिकारीहरूसँग भर्चुअल बैठकमा चिनियाँ पक्षले फिजिविलिटी अध्ययनका एउटा  फेज पूरा गरिसकेको बताएका थिए।

कोरोना महामारी निवारण भएर अवस्था सहज नभइ आएर फिल्ड सर्भे गर्न नसकिने बताएको विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख गोपाल सिग्देलले बताए।  उनका अनुसार फिजिविलिटी अध्ययन डेस्क स्टडी र फिल्ड सर्भे गरि दुई चरणमा हुन्छ। चिनियाँ पक्षले डेस्क स्टडी सकेका हुन्। यसमा तथ्यांकन संकलन गरिन्छ। सेटलाइटबाट डेटाहरु लिने, रेकर्डहरु अध्ययन गर्ने र यस अघि अध्ययन प्रतिवेदनहरु खोज्ने लगायतका कामहरु गरिन्छ। त्यसपछि फिल्ड सर्भे गरिन्छ। ‘डेस्क स्टडी तयार छ। छिटै फिल्डमा आएर काम गर्न चाहेका छौं भनेका छन्,’ प्रमुख सिग्देलले भने,’प्रतिवेदन तयार भए निर्माणमा जाने आधार तयार हुने थियो।’

Advertisement

नेपालले गत महिना फिजिविलिटी अध्ययनका लागि औपचारिक प्रस्ताव पठाइसकेको छ। प्री- फिजिविलिटी जस्तै अनुदान सहयोगमा सम्भाव्यता अध्ययन गरिदिन नेपालले प्रस्ताव गरेको हो। त्यसको प्रतिक्रिया भने चिनियाँ पक्षले दिइसकेको छैन। पूर्वाधार मन्त्रालयका एक अधिकारीका अनुसार चिनियाँ पक्षले आयोजना अघि बढाउन ठोस प्रस्ताव नेपालबाट आओस् भन्ने चाहेका थिए।  ‘उनीहरुले फिजिविलिटी अध्ययनकै तहमा सहयोग चाहेको र नेपालले केके सहयोग गर्न सक्छ, त्यसमा समावेश गरेर पठाओस् भन्ने चाहेको थियो,’ ती अधिकारीले  भने।

आयोजना अनुदान बनाउन पटक पटक अनुरोध गरिए पनि अध्ययनकै लागि नेपालले ठोस प्रस्ताव गरेको थिएन। उक्त रेलमार्गको फिजिविलिटी अध्ययनका लागि नेपालसँग स्रोत र साधन नभएकाले चिनियाँ पक्षलाइ प्रस्ताव गरिएको हो। महाशाखा प्रमुख सिग्देलले  साता पाना लामो प्रस्ताव पठाइएको बताए। जसमा आयोजनाको प्री-फिजिविलिटी अध्ययन गरिएको विवरणदेखि अनुदानमा अध्ययन गरिदिन आग्रह गरिएको छ।

Advertisement

फिजिविलिटी अध्ययनका लागि २ वर्ष लाग्ने अनुमान छ। प्री-फिजिविलिटी अध्ययन चिनियाँ कम्पनी फर्स्ट सर्भे एण्ड डिजाइन इन्स्टिट्युटले गरेको हो। करिब तीन महिना अध्ययन गरेर रिपोर्ट तयार पारेको थियो। उक्त प्रतिवेदनले केरुङ-काठमाडौं रेल परियोजना सम्भव देखाएको हो। अध्ययन गरेको दुई वर्ष भइसकेको छ।

 

प्रतिक्रिया