देशव्यापी प्रदर्शन सरकारविरुद्ध असन्तोषको विस्फोट हो : नेता केसी

विदुर खबर २०७७ मंसिर २८ गते २०:५०

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदिश्वरनरसिंह केशीले भोलि कांग्रेसले देशभर गर्न लागेको प्रर्दशन सरकार विरुद्धको विष्फोटन भएको बताएका छन् ।  एक समाचार संस्थासँग कुरा गर्दै उनले सरकार र नेकपा पार्टी सत्त्तालुप्सा र भ्रष्ट्राचारमा डुबेको भन्दै आफुहरु शानितपुर्ण विरोधमा उत्रिएको बताएका छन् ।

Advertisement

नुवाकोट जिल्ला सभापति समेत रहेका केशीसँग गरिएको केही कराकानीको अंश यहाँ प्रस्तुत गरिएको छ ।

काँग्रेसले भोलि (सोमबार) देशभर प्रदर्शनको कार्यक्रम राखेको छ । यो विरोध प्रदर्शनको माग के हो ?

Advertisement

यो त अहिलेसम्म उकुसमुकुस भएको सरकारको ज्यादती र भ्रष्टाचारको विरुद्धमा हो । पहिलो त नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा पुल उद्घाटन गर्नेक्रममा सरकारले जुन ताण्डव देखायो, त्यसको विरोधमा पनि हो । लोकतान्त्रिक व्यवस्थामा यसरी दमन गरिनु, आफ्नो गृह जिल्लामा नेताले पुल उद्घाटन गर्न नपाउनु, पुल उद्घाटन गर्ने क्षेत्रको एक समय मिटर वरपर चार जिल्लामा कर्फ्यू लगाएर  नियोजित रूपमा जुन ज्याजदी भयो । त्यो विरुद्धमा देशभर ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने तयारी गरेका हौँ । त्यो घटना भएको भोलिपल्टै हामीले आन्दोलन गर्नुपर्ने थियो । तर केही ढिलो भए पनि प्रदर्शन गर्न लागेका छौँ ।

भनेपछि यो प्रदर्शन सरकारका विरुद्धको असन्तोषको विस्फोट हो ?

Advertisement

अहिले  यो सरकारका अनगिन्ती काण्डहरू छन् । धेरै कमीकमजोरी मात्र होइन, गल्तीहरू सरकारबाट भइरहेका छन् । यो आफ्नो ठाउँमा छन् । हत्या, हिंसा, बलात्कार  बढिरहेको छ । सुशासन नै छैन । भ्रष्टाचारले चुर्लुम्म देश डुबेको  छ । आपसी झगडाले देशलाई बन्दी पारिएको छ । तर यो भोलिको देशभरको आन्दोलन विषेशगरी तनहुँ घटनामा केन्द्रित छ । त्यो घटनालाई लिएर काँग्रेसले लोकतन्त्र रक्षाको लडाइँ लड्नलाई एउटा सङ्केत गर्न लागेको हो ।

नेकपाले शासन जति गर्छ,  मुलुक त्यति दुर्गतितिर जान्छन् भन्ने कांंग्रेसको आशय हो ? हो ।

यो  काँग्रेसको मात्रै आशय होइन । आम नागरिकको आशय नै यही छ । अहिले आम नागरिक कुनै अमुक राजनीतिक दलको पछाडि भन्दा पनि स्वतन्त्र रूपमा सडकमा आइरहेका छन् । सरकारको क्रियाकलाप र ज्याजतीको विषयलाई त भन्नै परेन । पछिल्ला केही प्रदर्शनमा समेत राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको झन्डा नभएको भए त्यहाँ पनि आम नागरिकको स्वतःस्फूर्त सहभागिता थियो । जब राप्रपाले आफ्नो झन्डा देखायो, त्यहाँ कोणसभामा मानिसहरू न्यून भए । तर पनि ती प्रदर्शनलाई कम आँक्न मिल्दैन । सरकारको गलत क्रियाकलाप, यसका गतिविधिविरुद्ध सडकमा स्वतन्त्र ढङ्गबाटै पनि जो कोही आउन तयार छ । हत्या, हिंसा, बलात्कार, अनियमितता, भ्रष्टाचारलगायतका धेरै घटना भएका छन् । नेकपाका नेताहरूकै विभिन्न काण्ड आउन थालेका छन् । हिजो कृष्णबहादुर महरा काण्ड आयो । आज नारायणकाजी श्रेष्ठको काण्ड चर्चामा छ । घूस तथा कमिसन लेनदेन काण्डमा पूर्वसंञ्चारमन्त्री गोकुल बास्कोटाको ७० करोड काण्ड चर्चामै  छ । भ्रष्टाचारका अनगिन्ती काण्ड छ । तर प्रधानमन्त्रीज्यू त्यसलाई हाँसेर उडाइदिनुहुन्छ । लाग्छ । उहाँ जति शासनमा रहन्छन्, उति नै बेथिति, भ्रष्टाचार र अनियमितता रहन्छ । यो कुशासन र अल्पविकास पनि कायमै रहन्छ। त्यसले जनतामा झन् असन्तुष्टि ल्याउँछ। त्यसको लाभ फेरि प्रतिगामी शक्तिले उठाउने खतरा हुन्छ।

सरकारकारका औचित्य सकियो । अव विकल्प खोज्नुपर्छ । अब मध्यवधि निर्वाचन अर्थात्, नयाँ जनमत तिर जानुपर्छ भन्न खोज्या हो ?

सरकारको औचित्य र सान्दर्भिकता उहिल्यै सकिसक्यो । सरकारमा रहेको दल, सत्तारुढ दलले सरकार चलाउन नसके प्रतिपक्ष जहिल्यै विकल्प हो ।  तर  हामीलाई अहिले पाँच वर्ष प्रतिपक्षमै बस्न जनताले भनेका छन् । हामी प्रतिपक्षमै बसेर सरकारलार्ई खबरदारी गर्न तयार छौँ । तर मध्यावधि चुनावको विषयमा भने हिजोका विविध घटनाक्रमहरू हेरौँ, हिजो बहुमत रहेको पार्टीले सरकार चलाउन सकेन, हंङ पारलेमेन्ट भयो, सरकार ७–८ महिनामै परिवर्तन भयो भनेर यस पटक नेकपालाई जनताले बहुमत दिएका पठाएका हुन् । यो बहुमतको हबिगत आम नागरिकले तीन वर्षमा छर्लङ्ग देखिसकेका छन् । यो सरकारका अरू विविध गतिविधिका विषयमा भोलि फेरि काँग्रेस सडकमा आउँछ । अहिलेको लागि हामी सरकारलाई खबरदारी नै गरिरहन्छ । सरकार ढाल्ने बनाउने खेलमा छैन ।  विरोध प्रदर्शनबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई परिष्कार गर्नुपर्छ । यसलाई अझै उच्च कोटिमा पुर्‍याउने गरेर, परिवर्तनलाई सार्थक रूप दिने गरेर, निमुखा जनतालाई न्याय दिने गरेर विपन्नलाई आय दिने व्यवस्था ल्याउनका लागि यसले योगदान दिनुपर्छ भन्ने पक्षमै छौँ । अहिले देशमा सरकारका अधिनायकवादी क्रियाकलापले गर्दा मानिसहरूमा निराशा बढेर प्रतिगामी तत्त्वहरूले समेत मुन्टो उठाउने अवसर पाएका छन्  । यस्तो नहोस् भनेर हामीले सरकारलाई दबाब खबरदारी गरिरहनेछौँ ।

तनहुँ घटनापछि मात्रै काँग्रेस  बिझिएको हो ? यसअघि आम नागरिकको पीडा चाहिँ काँग्रेसले किन देखेन । आफूमाथि प्रत्यक्ष घटना भएपछि मात्र काँग्रेस किन जुरमुरायो  ? तपाईँले भनेको ठिक हो ।

ढिलो भए काँग्रेस बिउँझेको छ । यसअघि पनि बिउँझिनुपर्ने धेरै काण्डहरू थिए । तर किन मौन बस्यो काँग्रेस ?  यो हाम्रै पार्टीको कमजोरी हो । तर तनहुँ घटनाले  नेपाली काँग्रेसलाई मात्र बिउँझाएको छैन । आम जनतालाई र आम राजनीतिक दललाई पनि बिउँझाएको छ।  नेपाली काँग्रेस जस्तो ठुलो लोकतान्त्रिक पार्टीका नेतामाथि सरकारले यस्तो रवैया देखाउँछ भने सिम्बोलिक रूपमा अरू दलका नेताहरूलाई कुनै केही गन्दैन भन्ने सन्देश दिएको देखिन्छ । यस कारण आजको परिस्थिति भनेको  सबै दलको चिन्ताको विषय हो । लोकतान्त्रिक गणतन्त्रप्रतिको चिन्ताको विषय हो ।

यहाँले अघि भन्नुभयो, वर्तमान नेकपाको सरकार नालायक भयो । मानौँ काँग्रेस  नेतृत्वमा अहिलेको सरकार रहेको भए के हुन्थ्यो ? अहिले काँग्रेसको नेतृत्वमा सरकार नै नभएको अवस्थामा के हुन्थ्यो ?

भनेर भन्ने कुरा मूल होइन । कांगेसको सरकार भएको भए यस्तो चाहिँ हुँदैनथ्यो ।  काँग्रेस नेतृत्वको सरकार त २०४८ पछाडि पटक पटक भयो । आजको तीन वर्षयता नेकपाको सरकार जस्तो हबिगत हुँदैनथ्यो ।  हामीले पनि विगतमा सरकार चलाएकै हो । आम नागरिकले मुल्याङकन गरेकै छन् । अहिलेसम्मको अवस्थालाई हेर्दा आम नागरिकले अहिलेसम्मको लोकतान्त्रिक शक्ति र अहिलेको विकल्प भनेको कांग्रेसनै हो भन्ने देखिएको छ ।

प्रतिक्रिया