नेविसंघ नुवाकोटको सिट्ठी जुलुस
विदुर खबर
२०७७ मंसिर २८ गते १७:३७

नुवाकोट । नेपाल विद्यार्थी संगठन (नेविसघ) नुवाकोटले सरकारको सर्वसत्तावाद विरुद्ध आईतवार सिट्ठी जुलुस निकालेको छ ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारबाट निक्लेको सिट्ठी जुलुस विदुरको लोकतान्त्रिक चौतारोमा पुगेर सकिएको नेविसंघ नुवाकोटले जनाएको छ । मंसिर २९ गते सोमवार नेपाली कांग्रेसद्धारा आयोजित देशव्यापी विरोध कार्यक्रमको प्रचार र केन्द्रिय कार्यालयको निर्देशन अनुरुप सिट्ठी जुलुस निकालिएको हो ।
सिट्ठी जुलुसमा नेविसंघ नुवाकोटका नेताहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित
प्रतिक्रिया