नुवाकोटको विदुरमा गोलभेँडा उत्पादन तथा तरकारी खेतिसम्बन्धी ७ दिने तालिम शुरु
विदुर÷कृषकलाई व्यवसायिक गोलभेँडा उत्पादन गर्न सकाउने तथा व्यवसायिक उत्पादनमा जोड दिने उदेश्यले नुवाकोटको विदुरमा शानिबारदेखि गोलभेँडा उत्पादन एवं तरकारी खेती विषयक ७ दिने तालिम शुरु भएको छ ।

सचेतन सामुदायिक सिकाइ केन्द्र नुवाकोटको आयोजना तथा शिक्षा विकास तथा समन्वय एकाई नुवाकोटको सहयोयमा तालिम शुरु भएको हो । तालिम उद्धाटन कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सभासद नारायण प्रसाद खतिवडाले परम्परागत कृषि प्रणालीलाई परिवर्तन गर्नुपर्ने बताउनुभयो । खतिवडाले तरकारी कृषकको उत्पादनलाई बजार प्रर्दन गर्न आफ्ुले प्रदेश नं ३ को सरकारलाई नुवाकोटको एक स्थानमा कृषि थोक बजार बनाउन आग्रह गरेको बताउनुभयो । उहाँले तालिमबाट सिकेको सिपलाई व्यवहारिक जीवनमा उपयोग गरी फाइदा लिन अग्रह गर्नुभयो । सांसद खतिवडाले थोरै जमिनबाट धेरै उत्पादन कसरी गर्न सकिन्छ त्यसतर्फ सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला कृषि विकास कार्यलय नुवाकोटका योजना अधिकृतप्रकास कृष्ण उपाध्यायले तामिले कृषकहरुलाई धेरै ज्ञान दिने भएकोले तालिमको भरपुर सदुपयोग गर्न आग्रह गर्नुभयो । त्यस्तै सचेतन सामुदायिक सिकाइ केन्द्रका सदस्य लिलानाथ न्यौपानेले खेती र कृषकहरुलाई व्यवसाियक बनाउन तालिमको आयोजना गरेको बताउनुभयो । उहाँले तालिमले कृषकहलाई व्यवसाियक उत्पादनमा जोड दिने बताउनुभयो ।

कार्यक्रममा सचेतन सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष पशुपति कोइरालाले तालिम केन्द्रले कृषकलाई माछा मार्न सिकाउने भन्दै तालिमपछि व्यवसाियक रुपमा काम गर्नै विश्वास व्यत्त गर्नुभयो । ७ दिनसम्म संचालन हुने तालिममा खड्गभन्ज्याङ, वेलकोटगढी, कल्याणपुर लगायतका विभिन्न ठाउँबाट ९० जना कृषकहरुको उपस्थिति रहेको थियो । । सचेतन केन्द्रले मध्यमाञ्चलमा विकास क्षेत्र र जिलमा नै उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै शिक्षा विकास तथा समन्वय एकाई नुवाकोटले यो कार्यक्रम प्रदान गरेको हो । २०६३ सालमा स्थापना भएको सचेतन सामुदायिक सिकाइ केन्द्रले नुवाकोटमा शिक्षा, स्वास्थ्य, सरसफाई, तथा महिलाको शिप विकासको लागि विभिन्न तालिमहरुको आयोजना गरिरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
जेन–जी आन्दोलनमा बागमती प्रदेशमा ९० करोडको क्षति





प्रतिक्रिया