नुवाकोटका ६ सय ५१ जना कोरोनामुत्त भएर घर फर्किए

विदुर खबर २०७७ मंसिर २४ गते १७:०५

नुवाकोट । नुवाकोटका ६ सय ५१ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ५ जना कोरोना संक्रमित निको भएर घर फर्किएसँगै जिल्लामा कोरोना मुत्त भएर घर फर्कनेको संख्या ६ सय ५१ पुगेको हो ।

यस्तै नुवाकोटमा कोरोना संक्रमितको संख्या ९ सय २८ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ४३ जनाको पिसिआर परिक्षण हुँदा १० जनामा कोरोना संक्रकमण देखिएको छ । संक्रमितमध्ये ४ जना विदुर नगरापालिकाका, २ जना सुर्यगढी गाउँपालिकाका, वेलकोटगढ िनगरपालिका र ककनी गाउँपालिकाका समान एकजना रहेका छन् । पछिल्लो २४ घण्टामा देखिएका संक्रमितमध्ये ७ पुरुष र ३ महिला रहेका छन् ।

Advertisement

हालसम्म नुवाकोेटका ७ हजार ९ सय ९१ जनाको पिसिआर परिक्षण हुँदा एक जनाको कोरोनाको कारण ज्यान गएको कार्यालयका सुचना अधिकारी खनालले विदुर खबरलाई जानकारी दिए ।

प्रतिक्रिया