सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर पुग्यो

विदुर खबर २०७७ मंसिर २३ गते १५:१५

नुवाकोट । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई सार्वजनिक भएको छ ।

Advertisement

मंगलबार नापी बिभागमा भएकाे विशेष कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको घोषणा गरे  । साेही समयमा चीन पक्षबाट पनि नयाँ उचाई सार्वजनिक भएकाे छ ।  यस अघि सगरमाथाको उचाई ८ हजार ८४८ मिटर रहेको थियो ।

नेपालका नापी विभागका दुई अधिकारी समेतकाे टोलीले सन् २०१९ मा सगरमाथा चुचुराेमा पुगेर उचाई मापन गरेकाे थियाे । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई मंसिर १० गते बसेको मन्त्रिपरिषद बैठकले उचाइ सार्वजनिक गर्न स्वीकृति दिएको थियो ।

Advertisement

प्रतिक्रिया