सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर पुग्यो
विदुर खबर
२०७७ मंसिर २३ गते १५:१५
नुवाकोट । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई सार्वजनिक भएको छ ।
मंगलबार नापी बिभागमा भएकाे विशेष कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको घोषणा गरे । साेही समयमा चीन पक्षबाट पनि नयाँ उचाई सार्वजनिक भएकाे छ । यस अघि सगरमाथाको उचाई ८ हजार ८४८ मिटर रहेको थियो ।
नेपालका नापी विभागका दुई अधिकारी समेतकाे टोलीले सन् २०१९ मा सगरमाथा चुचुराेमा पुगेर उचाई मापन गरेकाे थियाे । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई मंसिर १० गते बसेको मन्त्रिपरिषद बैठकले उचाइ सार्वजनिक गर्न स्वीकृति दिएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया