राजसंस्था नेपालका लागि आवश्यक : राप्रपा नेता लिङ्देन

विदुर खबर २०७७ मंसिर २० गते १९:४६

भद्रपुर। राजसंस्था र हिन्दूराष्ट्रको पुनस्र्थापना, संघीयताको खारेजी, भ्रष्टाचार नियन्त्रण, कोरोना व्यवस्थापनमा सरकारको असक्षमता लगायतका विषयमा केन्द्रित रहेर झापामा पनि राप्रपाले प्रदर्शन गरेको छ ।

Advertisement

विभिन्न पालिकाबाट निस्केका मोटरसाइकल र्याली काँकडभिट्टामा भेला भएर एकैसाथ बिर्तामोड आएको थियो । बिर्तामोडमा आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै राप्रपाका नेता राजेन्द्र लिङ्देनले राजसंस्था नेपालका लागि आवश्यक रहेको जनाउँनुभयो ।

हिन्दुराष्ट्र कुनै जात विशेषले मान्ने धर्म मात्र नभएर नेपाली जनताको एकता, गौरब र पहिचानसँग सम्बन्धित विषय रहेको उहाँको भनाइ थियो । नेता लिङ्देनले संघीयता नेपालजस्तो सानो देशले धान्न नसक्ने बताउँदै राप्रपाको बलियो संगठन रहेको झापा जिल्लासँगै देशभर भइरहेको प्रदर्शनमा ऐक्यबद्धता व्यक्त गर्न कार्यक्रमको आयोजना गरिएको बताउँनुभयो ।

Advertisement

देशलाई आवश्यक परेको खण्डमा सबै आन्दोलनको नेतृत्व गरेको राजधानीमा गएरै आफूहरु आन्दोलन गर्न तयार रहेको नेता लिङ्देनले बताउँनुभयो । दुईतिहाइ मत पाएर देशका अध्यक्ष बनेका दुई नेताहरु नै एक–अर्कालाई भ्रष्टाचारी र हत्याराको आरोप लगाएर बसेका छन्, यो कस्तो व्यवस्था हो ? लिङ्देनले प्रश्न गर्नुभयो । राजा आएपछि सबै जादुमय तरिकाले परिवर्तन हुने होइन तर, राजसंस्थाको पुनःस्र्थापना भएपछि देशमा शान्ति र स्थिरता कायम हुने उहाँको भनाइ थियो ।

संविधान पुराण जस्तो फेर्न नमिल्ने विषय नभएको तर्क गर्दै प्रदेश सरकारको खारेजी र बलियो स्थानीय तह वर्तमान आवश्यकता रहेको धारणा राख्नुभयो । देशमा भ्रष्टाचारी अझ मौलाएको बताउँदै ‘भ्रष्टाचार गर्नु आमाको रगत खानु’ सरह रहेको तर्क गर्नुभयो ।

Advertisement

प्रतिक्रिया