बागमती प्रदेशकै ठूलो पुल शिलान्यास

विदुर खबर २०७७ मंसिर १८ गते १९:४८

नुवाकोट । बागमती प्रदेशमा प्रदेशकै हालसम्मको ठूलो पुलको शिलान्यास गरिएको छ ।

Advertisement

प्रदेशको भौतिक पूर्वाधार निर्देशनालयमार्फत् निर्माण हुने पुल काठमाडौंको एलिट कन्स्ट्रक्सन प्रालिले निर्माण ठेक्का पाएको छ । २६ करोड ४१ लाख ८७ हजार २ सय रुपियाँमा निर्माण सम्झौता भएको पुलले हेटौंडा–११ र साबिक पदमपोखरी गाविसलाई जोड्ने छ ।

२ सय १५ मिटर लामो पुल ११ मिटर चौडाईंको रहनेछ । पुलसँगै दायाँबायाँ ३ सय ५० मिटर गरी ७ सय मिटर सडक निर्माण हुनेछ भने दुवैतिर गरी ७ सय मिटर लामो तटवन्ध निर्माण हुने मन्त्रालयले जनाएको छ । पुल शिलान्यास गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको लगानीमा निर्माण हुन लागेका पुल, शहरलाई विस्तार गर्न कोसेढुंगा साबित हुने बताउनुभयो ।

Advertisement

हेटौंडा उपमहानगरपालिका–११ र १२ नम्बर वडालाई जोड्न राप्तीखोलामा निर्माण हुन लागेको पुल शिलान्यासका क्रममा बिहीबार मुख्यमन्त्री पौडेलले प्रदेश राजधानीसमेत रहेको हेटौंडा शहरलाई विस्तारित गर्न पुलले भूमिका खेल्ने बताउनुभयो । मुख्यमन्त्री पौडेलले सरकारले बाटो, घाटो र पुलसँगै प्रदेशको समग्र विकासमा फड्को मारेको दाबी गर्नुभयो ।

प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फँुयालले वर्तमान सरकार विकासमैत्री रहेको उल्लेख गर्दै गाउँगाउँमा विकासका पूर्वाधार निर्माण गर्न जुटेको बताउँदा हेटौंडा–१२ का अध्यक्ष ललित घलानले पुल निर्माणको योजना ल्याएर विकट क्षेत्रको रुपमा रहेको पदमपोखरीलाई दोस्रो हेटौंडाका रुपमा परिणत गर्न प्रदेश सरकार र मुख्यमन्त्री पौडेलले भूमिका खेलेको उल्लेख गर्नुभयो ।हेटौंडा–११ का अध्यक्ष गोकर्ण पराजुलीले पुल निर्माणपछि हेटौंडाको मध्यबजार क्षेत्रको सवारी चाप कम गर्न सहयोग पुग्ने बताउनुभयो ।

Advertisement

प्रतिक्रिया